खरसाङ नाइट रन 2026 को आयोजना गरिने
खरसाङ नाइट रन 2026 को आयोजना गरिने


खरसाङ 17 नोभेम्बर (हि.स.)। खरसाङ नाइट रन 2026 आयोजना हुने भएको छ। खरसाङ क्षेत्रको पर्यटन, सुरक्षा र फिटनेसको प्रवर्द्धन गर्ने उद्देश्यले 'पाइन ट्री प्रोडक्सन्स' ले 'दार्जिलिङ हिमालयन रेलवे' सँगको सहकार्यमा आगामी 29 नोभेम्बरमा खरसाङ नाइट रन 2026' आयोजना गर्ने भएको छ।

यस कार्यक्रमले म्याराथन प्रेमीहरु, फिटनेस प्रेमीहरू र साहसिक कार्य रुचाउनेहरूलाई पहाडी क्षेत्रको एक रोमाञ्चक साँझमा एकै ठाउँमा ल्याउने तयारी गरेको छ। पर्यटन र फिटनेसको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रमले स्वास्थ्य तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

साथै, यसले खरसाङ क्षेत्रलाई साहसिक गतिविधि, खेलकूद र अनुभवमा आधारित पर्यटनको गन्तव्यका रूपमा चिनाउने प्रयास गर्नेछ। यस पहलमार्फत आयोजकहरू यस क्षेत्रका विभिन्न मानिसहरुलाई एकताबद्ध गर्न, फिटनेस गतिविधिहरूमा सहभागिता बढाउन र नाइट म्याराथनको अनौठो अनुभवका माध्यमबाट खरसाङको सौन्दर्य तथा आकर्षणलाई उजागर गर्न चाहेको आयोजक समितिको तर्फबाट जानकारी गराइएको छ।

यो कार्यक्रम आगामी 29 नोभेम्बर साँझ 5:30 बजीदेखि शुरु हुनेछ। यसमा खरसाङ र वरिपरिका क्षेत्रका साथै सम्पूर्ण भेगका म्याराथन तथा सहभागीहरूलाई आमन्त्रित गरिएको छ। दर्ता प्रक्रिया अहिले खुल्ला रहेको पनि आयोजकले जानकारी गराएको छ। सहभागी हुन चाहनेहरूले विभिन्न सामाजिक सञ्जालको माध्यमद्वारा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

साथै, सहभागीहरुले खरसाङको विभिन्न स्थानहरुमा गएर 'अफलाइन' नाम दर्ता गराउन पनि सक्नेछन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande