कविता सङ्ग्रह 'चियाबारीको चिसो घाम' लोकार्पित
खरसाङका कवि उमेद गोलेद्वारा कविता सङ्ग्रह 'चियाबारीको चिसो घाम' लोकार्पित


खरसाङ 17 नोभेम्बर (हि.स.)। खरसाङ कवि उमेद गोलेद्वारा लिखित कविता सङ्ग्रह 'चियाबारीको चिसो घाम' लोकार्पण गरिएको छ। खरसाङ महकुमा अन्तर्गत चिम्नीस्थित एक निजी होम स्टेमा आज उनको उक्त कविता सङ्ग्रहको लोकार्पण गरियो।

साहित्यकार ऋषि राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कवि कमल भण्डारी उपस्थित थिए। साथै, विशिष्ट अतिथिहरुमा जीवन भण्डारी, कवि शम्भु कुमार राई, कवि उदय दुमी उपस्थित थिए।

कविता सङ्ग्रह 'चियाबारीको चिसो घाम' को औपचारिक लोकार्पण सबै उपस्थित अतिथिहरुको बाहुलीबाट गरियो।

कार्यक्रममा कवि शम्भुकुमार राई, कवि उदय दुमी आदिले कविता वाचन गरे भने गजलकार दिपक ठटाल 'जलन'ले गजलहरु पनि वाचन गरे। यस अवसरमा कवि उमेद गोलेले पनि कविता वाचन गरेका थिए।

उल्लेखनीय छ, खरसाङका कवि उमेद गोलेले लामो समयदेखि कविता लेखन र साहित्यको सेवा गर्दै आएका छन्। उनको पहिलो कृति मुक्तक संग्रको रुपमा 'छोएर केही उच्छवास' १९९० सालमा नै प्रकाशित छ भने उनले खरसाङ क्षेत्रका विभिन्न साहित्यिक संघ संस्थाहरुमा संलग्न रहेर निरन्तर साहित्य लेखन साथै साहित्यको सेवा गर्दै आईरहेका छन्।

उनको अर्को कविता सङ्ग्रह 'भूइँ र आकाश' पनि प्रकाशोन्मुख रहेका छन्। उनले 'आँगन' समसामयिक पत्रिका पनि सम्पादन गरिसकेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande