
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असमको मिसिङ्ग स्वायत्त परिषद् र सोनोवाल कछारी स्वायत्त परिषदको आगामी आम चुनाउमा अब 291 जना उम्मेद्वारहरूले आफ्नो भाग्य परीक्षण गर्नेछन्। नामाङ्कन फिर्ता लिने निर्धारित अवधिसम्ममा दुवै परिषदबाट 35 जना उम्मेद्वारहरूले आफ्नो उम्मेद्वारिता फिर्ता लिए। यी दुई स्वायत्त परिषद्को निर्वाचन आगामी 30 नोभेम्बरमा हुनेछ।
आधिकारिक जानकारी अनुसार सोनोवाल कछारी स्वायत्त परिषद् चुनाउमा 11 जना उम्मेद्वारहरूले आफ्नो नामाङ्कन फिर्ता लिएका छन् जसले गर्दा अब 119 जना उम्मेद्वारहरू मैदानमा रहेका छन्। जिल्लागत तथ्याङ्क अनुसार डिब्रुगढ़बाट 50 जना, तिनसुकियाबाट 23 जना, धेमाजीबाट 13 जना, जोरहाटबाट 12 जना, लखिमपुरबाट 10 जना, गोलाघाटबाट 7 जना अनि शिवसागरबाट 4 जना उम्मेद्वारहरूले चुनाउ लड्नेछन्।
यता मिसिङ्ग स्वायत्त परिषद् चुनाउमा 24 जना उम्मेद्वारहरूले आफ्नो उम्मेद्वारिता फिर्ता लिएपछि अब 172 जना उम्मेद्वारहरू चुनावी मैदानमा छन्। धेमाजीबाट सर्वाधिक 57, लखिमपुरबाट 38, माजुलीबाट 22, गोलाघाटबाट 20, जोरहाटबाट 8, विश्वनाथ र शिवसागरबाट 6-6, तिनसुकियाबाट 6, डिब्रुगढ़बाट 5 र सोनीतपुरबाट 4 उम्मेद्वारहरूले चुनाउ लड्नेछन्।
दुवै स्वायत्त परिषद्को निर्वाचन नोभेम्बर 30 मा हुनेछ। मनोनयन फिर्ता प्रक्रिया सम्पन्न भएपछि चुनावी प्रतिस्पर्धाको तस्वीर स्पष्ट भएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा