काजीरङ्गामा गुड़िरहेको वाहनभित्र रिभल्भरबाट अचानक गोली चल्यो, पुलिस निरीक्षक गम्भीर घाइते
काजीरंगा में चलती गाड़ी के अंदर रिवॉल्वर से अचानक चली गोली से  घायल पुलिस निरीक्षक की फाइल तस्वीर।


गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असमको काजीरङ्गामा मङ्गलवार गुड़िरहेको वाहनभित्र सर्भिस रिभल्भरबाट अचानक गोली चलेको घटनामा बोकाखत ट्राफिक पुलिसका निरीक्षक प्रवीण कालिता गम्भीररूपमा घाइते भए। घटना काजीरङ्गाको दुर्गापुर क्षेत्रमा भएको हो।

प्रारम्भिक जानकारी अनुसार पुलिस निरीक्षकका सहयोगी जयन्त बुढ़ागोहाईले गुड़िरहेको वाहनभित्र सर्भिस रिभल्भरलाई अनलक गरिरहेका थिए। यस अवधि उनको हातबाट अचानक गोली चल्यो।

गोली प्रवीण कालिताको देब्रे हातमा लाग्यो भने वाहनको अगाडिको शिशालाई छेड़ेर बाहिर निस्कियो। घटनापछि पुलिस वाहनमा उपस्थित पुलिसकर्मीहरूमा कोकोहोलो मच्चियो।

घाइते निरीक्लाषकई तत्कालै उपचारको लागि शहीद बेजा वैष्णव आदर्श अस्पताल, कोहरा, काजीरङ्गामा भर्ना गरियो जहाँ उनको उपचार भइरहेको छ।

प्रारम्भिक जाँचमा सर्भिस रिभल्भर अनलक गर्दा दुर्घटनावश गोली चलेको खुलासा भएको छ। घटनाको बारेमा थप विवरणको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande