
कोलकाता, 17 नोभेम्बर (हि.स.)। राज्यकी शहरी विकास तथा नगरपालिका मामिला मन्त्री एवं आसनसोल दक्षिणकी विधायक अग्निमित्रा पालले मङ्गलवार कोलकाताको न्यू टाउनस्थित आईआईटी खड़गपुर रिसर्च पार्कमा आयोजित दुई दिवसीय क्षमता निर्माण कार्यशालामा भाग लिइन्।
कार्यशालाको विषयवस्तु ' फ्रम पोलिसि टू प्र्याक्टिश' (नीतिदेखि अभ्याससम्म) रहेको थियो। यसमा शहरी स्थानीय निकाय (यूएलबी)- को क्षमता बढ़ाउने अनि ठोस फोहोर व्यवस्थापन नियमहरूलाई प्रभावकारी ढङ्गमा लागू गर्ने विभिन्न पक्षहरूमाथि विस्तृत छलफल गरियो।
आफ्नो फेसबुक अकाउन्टमा कार्यक्रमको जानकारी साझा गर्दै मन्त्री अग्निमित्रा पालले बताइन्, कार्यशालामा ठोस फोहोर व्यवस्थापनका लागि राम्रो योजना तयार गर्न, स्थानीय प्रशासनको दक्षता बढाउन अनि नीतिहरू बनाउनका लागि व्यावहारिक उपायहरूबारे महत्त्वपूर्ण छलफल भयो।
उनले भनिन्, सरकारको उद्देश्य नीति बनाउनु मात्र नभई धरातलीय स्तरमा त्यसको उचित कार्यान्वयन सुनिश्चित गर्नु पनि हो। यसका लागि शहरी स्थानीय निकाय र प्रशासनिक संस्थाहरूको क्षमतालाई अझ सुदृढ़ पार्नु आवश्यक छ।
यस्ता पहलहरूले शहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी र दिगो बनाउने उनले आशा व्यक्त गरिन्। यसले स्वच्छ शहर निर्माण गर्न र स्वच्छ भारत अभियानको लक्ष्य प्राप्त गर्न पनि मद्दत गर्नेछ।
कार्यशालाको मुख्य उद्देश्य नीति निर्माण तथा यसको व्यावहारिक कार्यान्वयनबीचको अन्तरलाई कम गर्नु अनि शहरी निकायहरूलाई ठोस फोहोर व्यवस्थापनको क्षेत्रमा अझ प्रभावकारी बनाउनु थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा