
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। 'कार्बी आङ्गलोङ्ग दिवस'को अवसरमा मुख्यमन्त्रीले जिल्लाका जनतालाई शुभकामना दिएका छन्। एक फेसबुक पोस्टमा मुख्यमन्त्रीले भने, प्राकृतिक सौन्दर्य र भौगोलिक विविधतामा धनी कार्बी आङ्गलोङ्ग हाम्रो असमको एउटा महत्त्वपूर्ण भाग हो। 'कार्बी आङ्गलोङ्ग दिवस' को शुभ अवसरमा म जिल्लाका सबै बासिन्दालाई बधाई दिन्छु।
उनले भनेका छन्, हाम्रो सरकार कार्बी आङ्गलोङ्गको अखण्डता र निजतालाई सुरक्षित राख्न तथा मानव संसाधनको विकास अनि जनताको सर्वङ्गीण विकासका लागि प्रतिबद्ध छ। हामी विकास, शान्ति र सद्भावको मार्गलाई अनुसरण गर्दै समृद्ध कार्बी आङ्गलोङ्ग निर्माण गर्ने सङ्कल्प लिएर काम गरिरहनेछौँ।
ज्ञात रहोस्, आज 'कार्बी आङ्गलोङ्ग दिवसमा आयोजना' हुने समारोहमा भाग लिने मुख्यमन्त्रीको कार्यक्रम रहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा