कार्तिक पूजाको अवसरमा मुख्यमन्त्रीले दिए राज्यवासीलाई  शुभकामना
असम के मुख्यमंत्री द्वारा शेयर किया गया चित्र


गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। कार्तिक पूजाको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज समस्त राज्यवासीलाई शुभकामना प्रेषित गरेका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट साझा गर्दै आफ्नो विचार व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले भनेका छन्, श्रीश्री कार्तिक पूजाको अवसरमा असमवासीहरूलाई ई हार्दिक शुभकामना। देवसेनापति, पराक्रम एवं साहसका प्रतीक मयुरवाहन भगवान कार्तिकेयको पूजा गर्नु भनेको भक्ति मात्र होइन साहस, अनुशासन र कर्तव्यनिष्ठाको आदर्शलाई पनि प्रस्तुत गर्नु हो।

आज असमको बराक उपत्यका सहित राज्यका विभिन्न भागहरूमा कार्तिक व्रत र पूजा आयोजना भइरहेको छ। भगवान कार्तिकेयको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि आओस् भन्ने कामना गर्दछु।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande