
होजई (असम),17 नोभेम्बर (हि.स.)। होजई जिल्ला अन्तर्गत दिघलबारीमा वन विभागद्वारा जङ्गली हात्तीलाई लेखट्नको लागि चलाइएको पम्प गनको कारतुसले वन विभागका दुई कर्मचारी लगायत तीन गाउँले घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारका लागि होजईको हाम अस्पतालमा भर्ना गरिएको छ जसको अवस्था स्थिर रहेको बताइएको छ।
वन विभागका एकजना अधिकारीले आज बताए, गए सोमवार दिउँसोदेखि यस क्षेत्रमा जङ्गली हात्ती घुमिरहेको थियो जसलाई जङ्गलतिरै लखेट्नको लागि अभियान चलाइएको थियो। राती अँध्यारोमा फेरि हात्ती आवासीय क्षेत्रमा आयो। घटनास्थलमा उपस्थित वन विभागका कर्मचारीहरूले हात्तीलाई लखेट्ने प्रयास गरिरहेका थिए। घटनास्थलमा वन विभागका कर्मचारीहरू सहित ठूलो सङ्ख्यामा गाउँलेहरू पनि उपस्थित थिए। वन कर्मचारीहरूले पम्प गनबाट रबरको बुलेट फायर गरे जसमा दुई वन कर्मचारी र केही गाउँलेहरू घाइते भए।
घाइतेहरूको पहिचान वनकर्मी राजीव सिंह, राजिकुल इस्लाम र गाउँले फैजुल रहमान, राजुल हुसेन, करुद्दीन इस्लामका रूपमा भएको छ। गोली चलाउनुअघि वन विभागबाट कुनै चेताउनी नदिइएको कारणले यस्तो घटना भएको हो भन्ने स्थानीयहरूको भनाइ छ। उनीहरू भन्छन्,, वन विभागले जानाजानी गोली चलाएको हो। उक्त घटनाले ग्रामीणहरूमा ठूलो आक्रोश निम्त्याएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा