दिनहाटामा राम मन्दिर निर्माणका लागि भूमि पूजन
राम मंदिर निर्माण के भूमि पूजन में शामिल मंत्री निशीथ प्रमाणिक


कुचबिहार, 17 नोभेम्बर (हि.स.)। जिल्लाको दिनहाटास्थित शालमारा क्षेत्रमा मङ्गलवार राम मन्दिर निर्माणका लागि विधिवत रूपमा भूमि पूजन गरियो। मन्दिर निर्माणको प्रक्रिया वैदिक मन्त्र एवं परम्परागत धार्मिक अनुष्ठानबाट शुरु भयो। यस धार्मिक समारोहमा उत्तर बङ्गालका विकास मन्त्री निशीथ प्रामाणिक विशेष रूपमा उपस्थित थिए। उनको उपस्थितिमा वैदिक मन्त्रोचारण बीच भूमि पूजनका सबै धार्मिक अनुष्ठानहरू सम्पन्न गरियो।

राम मन्दिर निर्माणलाई लिएर शालमारा क्षेत्रका मानिसहरूमा निकै उत्साह देख्न पाइयो। यस सम्पूर्ण क्षेत्रमा धार्मिक वातावरण व्याप्त रह्यो भने ठूलो सङ्ख्यामा मानिसहरूले कार्यक्रममा भाग लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande