
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मङ्गलवार उपराज्यपाल तरनजित सिंह सन्धुसित भेटे गरी आगामी 16 दिसम्बरदेखि शुरु हुने विधानसभाको शीतकालीन सत्र सहित राजधानीको विकास, जनहित तथा भविष्यका प्राथमिकताहरूसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरिन्। मुख्यमन्त्रीले आफ्नो सोशल मिडिया पोस्ट मार्फत उक्त आशयको जानकारी दिएकी हुन्।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको संङ्कल्प अनुरूप दिल्लीलाई आधुनिक सुविधाहरू, बलियो पूर्वाधार अनि श्रेष्ठ जीवनस्तर भएको विश्वस्तरीय राजधानी बनाउनु हाम्रो लक्ष्य हो। यस दिशामा सबैको सहयोग र समन्वयबाट दिल्लीको विकासलाई नयाँ गति दिनका लागि हामी प्रतिबद्ध छौं।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा