दुलियाजान ट्रिपल मर्डरमा नयाँ मोड़, केयरटेकर राजु दास मुख्य सन्दिग्धका रूपमा चिन्हित
दुलियाजान तिहरे हत्याकांड के संदिग्ध आरोपित केयरटेकर राजू दास की तस्वीर।


डिब्रुगढ़ (असम), 17 नोभेम्बर (हि.स.)। असमको डिब्रुगढ़ जिल्ला अधिनस्थ दुलियाजानस्थित कमलबाड़ीमा एउटै परिवारका तीन जना सदस्यहरूको हत्या भएको मामिलामा पुलिस अनुसन्धानको क्रममा केही महत्त्वपूर्ण खुलासा भएको छ। पुलिसले घरको केयरटेकर राजु दासलाई हत्याको मुख्य सन्दिग्धको रूपमा चिन्हित गरेको छ भने उसको कथित सहयोगीको पनि अमित दासको पहिचान भएको छ जो राजु दासकी छ्यामाको छोरा रहेको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार राजु दास विगत सात वर्षदेखि मृतक चन्द्रकान्त भुइयाँको घरमा भाड़टीको रूपमा बस्दै आएका थिए जसले केयरटेकरको रूपमा काम गर्थे। घटनापछि उ भगेको छ। पुलिस उसको खोजीमा जुटेको छ। स्मरणीय छ, पुलिसले बितेको राती बन्द कोठाबाट तीनजनाको शव बरामद गरेको थियो।

पुलिसले घटनास्थलमा स्निफर कुकुरको सहयोगमा खोजी अभियान सञ्चालन गऱ्यो। यस अवधि हत्यामा प्रयोग गरिएको हुनसक्ने फलामको रड र धारिलो हतियार बरामद गरियो। यसबाहेक घरमा राखिएको सीसीटिभी क्यामराको हार्ड डिस्क पनि पुलिसले जफत गरेको छ। अनुसन्धान अधिकारीहरूले यी प्रमाणहरूको सहयोगमा हत्याकाण्डका श्रृङ्खलाहरूलाई जोड्ने प्रयास गरिरहेका छन्।

यसैबीच मुख्य सन्दिग्ध राजु दासको आपराधिक इतिहासको बारेमा पनि महत्त्वपूर्ण जानकारी सामु आएको छ। राजु वर्ष 2020- मा अपहरणको मुद्दामा जेल गएको र करिब तीन महिना जेलमा रहेको उनका दुई दिदी-बहिनीले पत्रकारहरूलाई बताए।

दिदी-बहिनी अनुसार राजुले विगत दुई-तीन महिनादेखि घर मालिकलाई भाड़ा पनि दिएका थिएनन्। पुलिसले अहिले राजु र उसका कथित सहयोगी अमित दासको भूमिकाको अनुसन्धान गरिरहेको छ। यस मामिलामा थप विवरण बाहिरिने अपेक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande