
गुवाहाटी, 17 नोभेम्बर (हि.स.)। असमको गुवाहाटीस्थित खानपाड़ा स्टाफ कलेजमा मङ्गलवार शिक्षा विभागको समीक्षा बैठक सम्पन्न भयो। यस बैठकको मुख्य उद्देश्य कक्षा 1 देखि 12 सम्म शिक्षाको गुणस्तरमा सुधार ल्याउनु अनि राज्यको स्कूले शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउनु थियो।
बैठकमा शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन, विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार तथा उच्च शिक्षण परिणाम सुनिश्चित गर्नेसित सम्बन्धित विभिन्न पक्षबारे छलफल गरियो। यसको साथै शिक्षा विभागद्वारा सञ्चालित योजनाहरूको प्रगति र विद्यालयहरूमा शिक्षाको गुणस्तर बढ़ाउनको लागि आवश्यक कदमहरूमाथि विचार-विमर्श पनि गरियो।
बैठकपछि शिक्षा मन्त्री डा. रनोज पेगुले कङ्ग्रेस नेता रिपुन बोराको बयानमाथि कडा प्रतिक्रिया दिए। रिपुन बोराले शिक्षा मन्त्रीको वास्तविक हराएको पहिचानमाथि प्रश्न उठाएकोमा प्रतिक्रिया दिँदै पेगुले भने, रिपुन बोराले आफ्नो मानसिक सन्तुलन गुमाएका छन्।
शिक्षा मन्त्रीले रिपुन बोराको बयानप्रति असन्तुष्टि व्यक्त गरे। यता यस मुद्दामा रिपुन बोराविरूद्ध टीएमपीके (टाकाम मिसिङ्ग पोरिन केबाङ्ग) नामक सङ्गठनले गरेको विरोधप्रति पनि प्रतिक्रिया दिए।
शिक्षा मन्त्रीको टिप्पणी यस्तो समयमा आएको छ जतिबले रिपुन बोराको बयानलाई लिएर राजनीतिक विवाद गहिरो हुँदै गएको छ। खानापाड़ामा आयोजित समीक्षा बैठकको मुख्य एजेण्डा भने राज्यमा कक्षा 1 देखि 12 सम्मको शिक्षाको स्तर सुधार गर्ने अनि विद्यालयी शिक्षालाई सुदृढ़ पार्ने रहेको थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा