बङ्गाईगाँउमा नक्कली सीआईएससीई प्रमाणपत्रको मामिला उजागार,  शिक्षा विभागमाथि प्रश्न उठ्यो
बङ्गाईगाँउमा नक्कली सीआईएससीई प्रमाणपत्रको मामिला उजागार,  शिक्षा विभागमाथि प्रश्न उठ्यो


बङ्गाईगाउँ (असम), 17 नोभेम्बर (हि.स.)। असमको बङ्गाईगाउँ जिल्लामा नक्कली शैक्षिक प्रमाणपत्रको घटना प्रकाशमा आएको छ जसले शिक्षा जगतमा खैलाबैला मच्चाएको छ। काउन्सिल फर द इण्डियन स्कूल सर्टिफिकेट एक्जामिनेशन (सीआईएससीई) को नाममा जारी गरिएको नक्कली प्रमाणपत्रको आधारमा विद्यार्थीहरूले विभिन्न शैक्षिक संस्थाहरूमा भर्ना लिएको आरोप लगाइएको छ।

उक्त कथित धोकाधड़ीले जिल्लाको शिक्षा प्रणाली एवं प्रमाणपत्रहरूको प्रमाणिकरण प्रक्रियामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। आरोप छ, जिल्लामा शैक्षिक योग्यतासित सम्बन्धित प्रमाणपत्रको अवैध व्यापार खुल्ला रूपमा भइरहेको छ।

घटना प्रकाशमा आएपछि बङ्गाईगाउँ जिल्ला शिक्षा विभागको कामकाज पनि प्रश्नको घेरोभित्र परेको छ। नक्कली प्रमाणपत्रको आधारमा भर्ना भएका विद्यार्थीहरूको सङ्ख्या, सम्बन्धित शैक्षिक संस्थाहरू अनि यस सम्पूर्ण नेटवर्कमा संलग्न व्यक्तिहरूको विवरण अझै खुलासा हुन सकेको छैन।

विषयको गम्भीरतालाई ध्यानमा राख्दै प्रमाणपत्रको प्रामाणिकता अनि भर्ना प्रक्रियामा अपनाइएको प्रमाणिकरण संयन्त्रको जाँच गर्न आवश्यक महसूस गरिएको छ। यस कथित जालसाजीको विषयमा जिल्लामा चर्चा तीव्र भएको छ। तथापि, यस सम्बन्धमा कसैलाई पक्राउ भने गरिएको छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande