
गान्तोक, 17 नोभेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पूर्व विधायक केबी राईको निधनमा दु:ख व्यक्त गरेको छ। एसडीएफले दिवङ्गत अत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
एसडीएफले आज जारी शोक सन्देशमा भनेको छ, 'स्वर्गीय राई २०१९ को विधानसभा निर्वाचनमा एसडीएफ पार्टीका उम्मेदवारका रूपमा २०-छुजाचेन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरी विजयी हुनुभएको थियो। उहाँले एसडीएफ पार्टीका विभिन्न पदमा रहेर संगठनात्मक गतिविधि तथा जनसंगठनका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। पार्टीप्रति उहाँले पुर्याउनुभएको योगदान, समर्पण, साथ र सहयोगलाई एसडीएफ पार्टी सदैव स्मरण गरिरहनेछ।'
एसडीएफले राईको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवङ्गत अत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उनका शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
एसडीएफ पार्टीले ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा उनका परिवारजनलाई यस अपूरणीय क्षति सहन गर्ने धैर्य र शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल