रेलवे स्टेशनमा १५.५४१ किलो गाँजा सहित एक जना पक्राउ
जब्त गांजा के पैकेट और आरोपित गिरफ्तार


खड्गपुर, १७ नोभेम्बर (हि.स.)। खड्गपुर राजकीय रेल पुलिस (जीआरपी) ले मङ्गलवार नारायणगढ़ रेलवे स्टेशनबाट १५.५४१ किलोग्राम गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीको पहिचान हाफिजुल मण्डल (३३) का रूपमा भएको छ। उ उत्तर २४ परगना जिल्लाको स्वरूपनगर थाना अन्तर्गत अमुदिया गाउँको निवासी हो।

प्राप्त जानकारी अनुसार, मङ्गलवार बिहान ९ः१५ बजी खड्गपुर जीआरपीका जवानहरूले नारायणगढ़ रेलवे स्टेशनमा जाँचका क्रममा हाफिजुल मण्डललाई पक्राउ गरेका हुन्। उ सोरोबाट स्वरूपनगरतर्फ यात्रा गरिरहेको थियो। शङ्का लागेपछि राजपत्रित अधिकारीको उपस्थितिमा उसको समान जाँच गरिएको थियो। यस क्रममा उसँग रहेका दुई वटा झोलाबाट गाँजा भएको आशङ्का गरिएका १५ वटा प्याकेट जफत गरिए। ती प्याकेटको कूल तौल १५.५४१ किलोग्राम रहेको पाइएको छ।

पुलिसले कानूनी प्रक्रिया पूरा गर्दै दिउँसो १२ः३५ बजीदेखि १ः१५ बजीसम्म गाँजा जफत गरेको छ। यस मामिलामा एनडीपीएस ऐन अन्तर्गत विशिष्ट मुद्दा दर्ता गर्ने प्रक्रिया भइरहेको छ। पुलिसले पक्रा परेको आरोपीलाई अदालतमा पेश गरी १० दिनको पुलिस हिरासत माग गर्नेछ। घटनाको अनुसन्धान जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande