
नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। दिल्ली विधानसभाका अध्यक्ष बिजेन्द्र गुप्ताले भने, गोपाष्टमी केवल धार्मिक पर्व मात्र नभई गाईको सुरक्षाका लागि आफ्नो जीवन बलिदान गर्ने मानिसहरूलाई सम्झने अवसर पनि हो।
मङ्गलवार मयूर विहार फेज-1 मा गोपाष्टमीको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले भने, गोमाताप्रति श्रद्धा धार्मिक अनुष्ठानसम्म मात्र सीमित छैन जबकि यो भारतको सांस्कृतिक पहिचान, आध्यात्मिक परम्परा र सभ्यतागत धरोहरसँगै हाम्रो गहिरो सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छ। 7 नोभेम्बर, 1966- को घटनालाई स्मरण गर्दै उनले भने, यस वर्षको गोपाष्टमीको विशेष ऐतिहासिक महत्त्व रहेको छ, किनभने यसले संसद नजिकै गोहत्यामाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाउने मागमा भएको आन्दोलनले 6 दशक पूरागरेको अवसर हो।
उनले भने, गाई रक्षाको उद्देश्य लिएर सङ्घर्ष गर्दै सन्त-महात्माहरूले जेल, कानुनी कार्यवाही र धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो। उनले भने,जब-जब समाज अगाड़ि उसको गहिरो मूल्य र विश्वासलाई लिएर चुनौती उत्पन्न हुन्छ, तब-तब सन्त र आध्यात्मिक गुरुहरूले असाधारण व्यक्तिगत त्याग र बलिदानको माध्यमबाट समाजको सामूहिक चेतना जागृत गरेका छन्।
उल्लेख्य, गोपाष्टमी भगवान कृष्णले वृन्दावनमा गाईहरूको सेवा अनि हेरचाह गर्ने जिम्मेवारी सम्हालेको शुभ अवसरको सम्झनामा मनाइन्छ जतिबेला भगवान श्रीकृष्णले वृन्दावनमा गाईहरूको सेव र हेरचाह गर्ने दायित्व निर्वाह गर्न शुरू गरेका थिए। यो बाछोहरूको हेरचाहदेखि माथि गोठालाको जिम्मेवारी निभाउने उनको यात्राको प्रतीक हो जसका लागि उनलाई आदरपूर्वक गोपा र गोविन्दको रूपमा स्मरण गरिन्छ। उनले भने, भगवान कृष्णसँग गोमाताको यो पवित्र सम्बन्धले भारतको धार्मिक तथा सांस्कृतिक चेतनामा उनको अनन्त महत्त्वलाई प्रतिबिम्बित गर्दछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा