शाहदरामा घर भत्किँदा  बालक सहित दुई जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा शोक व्यक्त
ज्वाला नगर  में स्थित ढहा मकान


नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। शाहदाराको विवेक विहार पुलिस थाना अन्तर्गत ज्वाला नगरमा मङ्गलवार बिहान घर भत्केर एकजना बालक सहित दुई जना मानिसहरूको मृत्यु भयो। यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै मुख्यमन्त्री रेखा गुप्ताले घाइतेहरूलाई उचित उपचार सुनिश्चित गर्न र प्रभावित परिवारलाई सबै सम्भव सहयोग गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देश दिएकी छन्।

दुर्घटना हुँदा घरमा उपस्थित 6 जना मानिसहरू भग्नावशेषभित्र दबिए। सूचना पाएपछि पुलिस र फायर ब्रिगेड घटनास्थलमा पुगे। अथक प्रयासपछि सबै छ जनालाई बाहिर निकालेर क्याट एम्बुलेन्सको सहयोगमा हेडगेवार अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तीन वर्षीय बालक सहित दुई जनालाई मृत घोषित गरिदिए भने अन्य चार जनाको अस्पतालमा उपचार भइरहेको छ।

पुलिस अनुसार मङ्गलवार बिहान 10ः0 बजे विवेक विहार पुलिस स्टेशनमा पीसीआर कल आएको थियो। फोन गर्ने व्यक्तिले ज्वाला नगरको गल्ली नम्बर-6 मा एउटा घर भत्किएर केही मानिसहरू भग्नावशेषमुनि दबिएको जानकारी दिए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गऱ्यो। दुर्घटना हुँदा घरको पहिलो तला र भुइँतलामा मानिसहरू उपस्थित थिए।

पहिलो तलामा बस्ने 27 वर्षीया खुशबू र तीन वर्षीय लड्डु उपनाम देवांश भग्नावशेषमुनि दबिएका थिए। भुइँतलमा बस्ने पिन्टु (35), विकेश (35), आकाश (25) र दिलीप उपनाम डिम्पा (22) पनि चपेटमा परेका छन्। सबै छ जना घर भाडामा बस्दै आएका थिए। उक्त घर सुरेन्द्र सिंहको रहेको बताइएको छ।

बचााउ दलले सबै छ जनालाई बाहिर निकालेर हेडगेवार अस्पतालमा लग्यो। त्यहाँ डाक्टरहरूले लड्डु उपनाम देवांश र पिन्टुलाई मृत घोषित गरिदिए। दुर्घटनामा घाइते खुशबू, विकेश, आकाश र दिलीपको उपचार भइरहेको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ भने दुर्घटनाको कारण पत्तो लगाइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande