फकिराग्राममा उत्साह र जोशको साथमा शुरु भयो खेल महाराण 3.0 को नगरपालिका स्तरीय प्रतियोगिता
फकीराग्राम में उत्साह और उमंग के साथ शुरू हुई खेल महारण 3.0 की नगरपालिका स्तरीय प्रतियोगिता


फकीराग्राम में उत्साह और उमंग के साथ शुरू हुई खेल महारण 3.0 की नगरपालिका स्तरीय प्रतियोगिता


कोकराझार (असम), 17 नोभेम्बर (हि.स.)। असम सरकारको खेल विभागको पहलमा आयोजित राज्यव्यापी खेल कार्यक्रम खेल महाराण 3.0 अन्तर्गत आज कोकराझार जिल्लाको फकिराग्राम नगरपालिका स्तरीय खेल प्रतियोगिता उत्साह र उल्लासका साथमा शुरु भयो। फकिराग्राम उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको व्यापक सहभागिता रहेको थियो।

कार्यक्रममा सात नम्बर फकिराग्राम परिषद् निर्वाचन क्षेत्रका काउन्सिलर आजामुल हक मुख्य अतिथिका रूपमा उपस्थित थिए भने फकिरग्राम उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापिका उर्मिला राय, फकिराग्राम नगरपालिकाका अध्यक्ष सुल्तान आलम, विभिन्न विद्यालयका शिक्षक अनि विद्यार्थी तथा खेलकुद प्रेमीहरू पनि उपस्थित थिए।

उल्लेख्य, युवा पुस्तामा खेलकुदप्रति रुचि विकास गर्न, लुकेका खेल प्रतिभाहरूको पहिचान गर्न तथा खेलाडीहरूलाई उनीहरूको प्रतिभा विकास गर्ने अवसर प्रदान गर्न राज्य सरकारले खेल महाराण कार्यक्रम शुरु गरेको छ। यस पहल मार्फत ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई उनीहरूको खेलकुद प्रतिभा प्रदर्शन गर्न राम्रो मञ्च प्रदान गरिएको छ।

फकीरग्राम क्षेत्रमा यस प्रतियोगितालाई लिएर व्यापक उत्साह देखिँदैछ। 17, 18 र 19 नोभेम्बरसम्म चलने यस प्रतियोगितामा भलिबल, योगासन, चेस, फुटबल, पौडी, एथलेटिक्स, बक्सिङ्ग र एक्वाथलन लगायत विभिन्न खेल विधाहरूलाई समेटिएको छ।

यस अवसरमा फकिरग्राम उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापिका उर्मिला रायले खेल महाराण जस्ता कार्यक्रमलाई विद्यार्थीहरूको शारीरिक अनि मानसिक विकास तथा खेलकुद प्रतिभालाई प्रोत्साहित गर्ने महत्वपूर्ण पहल रहेको बताइन्। यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा खेलकुदप्रति चासो अनि उत्साह बढाउनको साथै भविष्यमा राज्य तथा राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने उनले आशा व्यक्त गरेिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande