कलेज स्ट्रिटमा वामपन्थीहरूलाई पुस्तकको स्टल राख्नदेखि पुलिसले बाधा दियो,  सड़कमै पुस्तकहरू बेच्न थाले
कॉलेज स्ट्रीट पर पुलिस के विरोध में प्रदर्शन करते वामपंथी कार्यकर्ता


कोलकाता, 17 नोभेम्बर (हि.स.)। मङ्गलवार कोलकाताको कलेज स्ट्रिटमा आयोजित वामपन्थी एवं प्रगतिशील साहित्यका पुस्तकहरूलाई लिएर आयोजित मिनी पुस्तक मेलाको शुरूआत विवादबाट भयो। माकपा र यसको विद्यार्थी सङ्गठन एसएफआईद्वारा आयोजित उक्त पुस्तक मेलामा पुलिसले स्टल स्थापना गर्न बाधा पुऱ्यायो। यसको विरोधमा युवा कार्यकर्ताहरूले सड़कमै पुस्तकहरू सजाएर पुस्तक बेच्न शुरू गरे।

जानकारी अनुसार चाड़पर्वको मौसममा वामपन्थी तथा प्रगतिशील साहित्यका पुस्तक स्टलहरूमा बारम्बार हभइरहेको आक्रमणको विरोधमा बढ़ीभन्दा बढ़ी मानिसहरूलाई पुस्तकसँग जोड्ने उद्देश्यले यो मिनी पुस्तक मेला आयोजना गरिएको थियो। यो मङ्गलवारदेखि कलेज स्ट्रिटमा शुरु हुने थियो।

आरोप छ, आयोजकहरूले पुलिसको पूर्व अनुमति लिएको भए पनि पुलिसले उनीहरूलाई तोकिएको ठाउँमा पुस्तक स्टल स्थापना गर्ने अनुमति दिएन। यसकारण एसएफआईका कार्यकर्ता र पुलिसबीच बहस शुरू भयो। हेर्दा-हेर्दै विवाद बढ़ेर धक्का-मुक्कामा परिणत भयो।

यसावधि एसएफआईका राज्य सचिव देवाञ्जन डे सहित केही युवक-युवतीहरूको पुलिससँग भनाबैरी तथा धक्का-मुक्का भयो। उक्त घटनालाई लिएर कलेज स्ट्रिटमा तनाउ व्याप्त भयो। पुलिसले घटनास्थलबाट धेरै जनालाई हिरासतमा लिएर पुलिसको वाहनमा बस्न बाध्य तुल्यायो।

पुलिसको कारबाहीको विरोधमा युवा वामपन्थी कार्यकर्ताहरूले सड़कमै पुस्तकहरू सजाएर आफ्नो विरोध व्यक्त गरे। उनीहरूको भनाइ थियो, पुस्तक र प्रगतिशील साहित्यको माध्यमबाट आफ्नो भनाइ राख्ने प्रयासलाई रोकिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande