
कोलकाता, 17 नोभेम्बर (हि.स.)। दक्षिण-पूर्वी रेलवेको सान्तरागाछी रेलवे स्टेशनमा गए 16 नोभेम्बरको राती ड्यूटीमा तैनाथ रेलवे कर्मचारीहरूले एउटी किशोरीलाई उद्धार गरे। उक्त नाबालिकाको पहिचान सुमी मण्डल (16) को रूपमा भएको छ जो पूर्व मेदिनीपुर जिल्लाको मारिसदा थाना अन्तर्गत कनाइदिघी गाउँकी बासिन्दा रहेको बताइएको छ।
मङ्गलवार दिउँसो जीआरपीले दिएको जानकारी अनुसार गए राती प्लेटफर्ममा ड्यूटी गरिरहेका कर्मचारीहरूले उसलाई सन्तरागाछी स्टेशननको प्लेटफर्म नम्बर 6-7 मा भेटेपछि एलएएसआई सोनाली डेको सुपरिवेक्षणमा उसलाई रेलवे सुरक्षा बलको सान्तरागाछी पोस्टस्थित कार्यालयमा ल्याइयो। त्यहाँ उसलाई बच्चाहरूका लागि बनाइएको विशेष कोठामा सुरक्षित राखियो।
उसँग कुराकानी गरेर आवश्यक जानकारी प्राप्त गरियो। उसले दिएको मोबाइल नम्बरको माध्यमबाट उसका आमा-बाबुसित सम्पर्क गरियो। सूचना प्राप्त भएको केही घण्टाभित्रै उसका आमा-बाबु सान्तरागाछी आरपीएफको कार्यालयमा पुगे। त्यहाँ उनीहरूले आफ्नी छोरीलाई स्वस्थ अवस्थामा पाए अनि उसलाई लिएर घर तर्फ प्रस्थान भए। रेलवे सुरक्षा बलको तत्परताले, नाबालिकालाई सुरक्षित रूपमा आफ्नो परिवारसम्म पुऱ्याइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा