मुख्यमन्त्री कार्यालयका सञ्चार गतिविधि समेटिएको ‘द प्रेस रेकर्ड’ प्रकाशित, मुख्यमन्त्रीले गरे प्रशंसा
मुख्यमन्त्री कार्यालयका सञ्चार गतिविधि समेटिएको ‘द प्रेस रेकर्ड’ प्रकाशित


गान्तोक, १७ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङद्वारा तयार पारिएको पहिलो सङ्कलन ‘द प्रेस रेकर्ड-भोल्युम I’ प्रकाशित भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उक्त प्रकाशनमा आफ्नो कार्यालयबाट जारी गरिएका सञ्चार सामग्री, आधिकारिक वक्तव्य, प्रेस विज्ञप्ति तथा टिप्पणीहरूलाई सङ्कलन गरिएको बताएका छन्। यसले सञ्चारमाध्यमसँग सरकारको संलग्नता तथा सिक्किमको शासन व्यवस्थासम्बन्धी व्यापक सार्वजनिक विमर्शको महत्त्वपूर्ण अभिलेख प्रस्तुत गर्ने उनले उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले सार्वजनिक सेवामा सरकारको यात्राका महत्त्वपूर्ण पक्ष तथा सञ्चारमाध्यम र सिक्किमका जनतासँगको निरन्तर सम्बन्धलाई अभिलेखबद्ध गरी प्रस्तुत गर्ने यो प्रयास अर्थपूर्ण रहेको बताएका छन्। उनले यस पहलका लागि युगेन तामाङको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अर्थपूर्ण योगदानलाई निरन्तरता दिन सफलताको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande