
पुरुलिया, 17 नोभेम्बर (हि.स.)। पुरुलिया रेलवे स्टेशनमा गए सोमवार साँझ रेलवे सुरक्षाकर्मीहरूले एकजना भौंतारिरहेकी एघार वर्षीया बालिकालाई सुरक्षित रूपमा परिवारकहाँ सुम्पिदिए। आवश्यक सोधपुछ र प्रमाणिकरणपछि बालिकालाई आफ्नो पितालाई सुम्पिइयो।
मङ्गलवार बिहान रेलवेद्वारा दिइएको जानकारी अनुसार सोमवार 16 नोभेम्बर, 2026- को साँझ पुरुलिया रेलवे स्टेशनको प्लेटफर्म नम्बर दुई र तीनमा एकजना बालिका एक्लै घुमिरहेको अवस्थामा फेला भेटियो। ड्यूटीमा तैनाथ पुरुलिया राजकीय रेलवे पुलिस (जीआरपी)- का अधिकारी तथा जवानहरूको नजर उमाथि पऱ्यो। त्यसपछि बालिकालाई सुरक्षित आफ्नो संरक्षणमा लिइयो।
महिला कन्स्टेबल (एलसी) 239 सलमा खातुनले बच्चीलाई चाइल्ड फ्रेण्डली कर्नरमा लिएर गइन्। त्यहाँ बालिकालाई सम्झाउने तथा सोधपुछ गर्ने क्रममा थाहा लाग्यो, आफ्नी आमाले गाली गरेकी कारण रिसाएर उ घरबाट निस्किएकी थिई। बालिकाको पहिचान पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर टाउन पुलिस थाना क्षेत्रको राजग्राम आदिवासी पाड़ा निवासी शम्भु प्रमाणिककी छोरी छन्दा प्रमाणिकको रूपमा भएको छ।
त्यसपछि जीआरपीले बालिकाको बुबासित सम्पर्क गऱ्यो। आवश्यक जानकारी र पहिचानको प्रमाणिकरण गरेपछि बच्चीलाई सुरक्षित रूपमा उनका बुबालाई सुम्पिइयो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा