रिषड़ामा जगद्धात्री पूजाको गाइड म्यापको उद्घाटन, तयारीमा जुट्यो प्रशासन
रिषड़ामा जगद्धात्री पूजाको गाइड म्यापको उद्घाटन, तयारीमा जुट्यो प्रशासन


हुगली, 17 नोभेम्बर (हि.स.)। हुगली जिल्लाको रिषड़ामा परम्परागत जगद्धात्री पूजाका लागि तीव्र गतिमा तयारी भइरहेको छ। टाढ़ा-टाढ़ाबाट आउने श्रद्धालु तथा दर्शकहरूको सुविधाका लागि मङ्गलवार रिषड़ा जगद्धात्री पूजाको विशेष गाइड म्यापको औपचारिक उद्घाटन गरियो।

यस गाइड म्यापको माध्यमबाट पूजा गर्न आउने मानिसहरूले विभिन्न प्रमुख पूजा पण्डालहरूको सही स्थान, त्यहाँ पुग्ने तरिका र आवश्यक सेवाहरूसँग सम्बन्धित जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्।

उद्घाटन समारोहमा स्थानीय विधायक तथा राज्यका मन्त्री भास्कर भट्टाचार्य, रिषड़ा जगद्धात्री केन्द्रिय समितिी अध्यक्ष शशि सिंह झा, रिषड़ा पुलिस स्टेशनका प्रभारी परमेश्वर प्रामाणिक तथा चन्दननगर पुलिस कमिश्नरेट अधिनस्थ श्रीरामपुरका उपायुक्त लगायत गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

पूजामा जिल्लाका विभिन्न क्षेत्रहरू बाहेक अन्य जिल्लाहरूबाट पनि लाखौँ मानिसहरू यहाँ आउने गर्छन्। यस्तो अवस्थामा गाइड म्यापले भक्तहरूलाई पूजा पण्डालमा पुग्न र पूजा गर्न धेरै सुविधा दिनेछ।

अर्कोतिर पूजा अवधिभरि कानुन-व्यवस्थालाई कायम राख्न, यातायात नियन्त्रण गर्न अनि चाड़पर्वको शान्तिपूर्ण सञ्चालन सुनिश्चित गर्न केन्द्रिय पूजा समिति अनि पुलिस प्रशासनबीच कुशल समन्वय राख्नेमाथि पनि जोड दिइएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande