
कोलकाता, 17 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि सनातन संस्कृति एवं यसको अभ्यासलाई पुनर्जीवित गर्ने प्रयास निरन्तर तीव्र हुँदै गइरहेको छ। यसै क्रममा मङ्गलवार जगद्धात्री पूजाको महाअष्टमीको शुभ अवसरमा नेताजी इण्डोर स्टेडियममा भव्य कार्यक्रम आयोजना गरियो जहाँ पाँच लाख मानिसहरूले सामूहिक रूपमा 'हनुमान चालीसा' वाठ गरे।
यस विशाल आयोजनमा विशेष रूपमा युवा पिँढ़ीको व्यापक सहभागितालाई देखेर मुख्यमन्त्री शुभेन्दु अधिकारी अभिभूत भए। उनले विश्वास व्यक्त गरे, यो युवा पुस्ताले आगामी वर्ष 2047 सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत को सपनालाई साकार पार्नेछ अनि भारतलाई विश्व मञ्चमा विश्वगुरु- को रूपमा स्थापित गर्नेछ।
हनुमान चालीसा पाठको यस भव्य समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पछिल्ले वाम मोर्चा र तृणमूल कङ्ग्रेस (टीएमसि)- लाई लक्षित गरे अनि उनीहरूलाई सनातन विरोधी-को संज्ञा दिए। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले भने, 'यस राज्यमा यतिका वर्षसम्म सनातन धर्मलाई अपमान गरियो। वामपन्थीहरू पूर्णतया नास्तिक र सनातन विरोधी हुन्। उनले कहिल्यै कुनै भगवानको जयघोष गरेनन्। टीएमसीले त झन् माँ कालीको मूर्तिलाई नै पुलिस भ्यान (प्रिजन भ्यान)- मा खादिदिएको थियो। तर अब बङ्गालमा यस्तो हुनेछैन। अब राज्यका हिन्दू दाज्यु- भाइ तथा दिदी-बहिनीहरूले पूर्ण मन र विश्वासका साथमा आफ्नो धर्म पालन गर्न सक्नेछन्।
युवाहरूको उपस्थितिमाथि जोड़ दिँदै मुख्यमन्त्रीले भने, आजको यस कार्यक्रममा यति ठूलो सङ्ख्यामा युवाहरूलाई देखेर उनीहरू आफ्नो धर्म र आस्थाप्रति कति सचेत र उत्सुक छन् भन्ने कुरा स्पष्ट हुन्छ। यो तपाईँहरूको आफ्नै सरकार हो। तपाई युवाहरूको हातबाटै आगामी वर्ष 2047- मा 'विकसित भारतको' निर्माण हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा