
गान्तोक, 17 नोभेम्बर (हि.स.)। राजधानीको रिज पार्कमा दुई दिवसीय 'ट्राभल एण्ड टुरिज्म फेयर 2026' आयोजना गरिने भएको छ। यस कार्यक्रममा देशका विभिन्न राज्यहरूका साथै नेपाल र भुटानबाट लगभग 120 पर्यटन हितधारकहरू उपस्थित रहनेछन्। कार्यक्रमको आयोजना सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभाग र पाण्डा इभेन्ट म्यानेजमेन्टले गर्नेछ।
पर्यटन तथा नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपाले राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा आगामी 21 र 22 नोभेम्बरमा 'ट्राभल एण्ड टुरिज्म फेयर 2026' आयोजना गरिने बताए। यहॉंको रिज पार्कमा आयोजना गरिने उक्त कार्यक्रममा भारत लगायत नेपाल र भुटानबाट 100 भन्दा धेरै पर्यटन हितधारकहरू सहभागी बन्ने निश्चित भएको बताए।
उनले सिक्किममा संवर्धनका लागि धेरै विषयहरू रहेको उल्लेख गर्दै स्थानीय पर्यटन हितधारकहरूका लागि आफ्नो उत्पाद बिक्री गर्न यो कार्यक्रम एउटा ठूलो मञ्च रहेको बताए। उनले राज्यका पर्यटन हितधारकहरूलाई कार्यक्रममा सहभागी बनेर यस अवसरको फाइदा उठाउन आह्वान पनि गरे। उनले यस सम्बन्धित विषयमा राज्यमा पहिलो पटक यति वृहत कार्यक्रम आयोजना हुना लगिरहेको पनि दाबी गरे।
हिन्दुस्थान समाचार / बिशाल