एबीवीपीको 'लोकतन्त्र बचाऔं, अराजकता हटाऔं' ऱ्याली
एबीवीपी की रैली में शामिल महिला सदस्य


सिलगढ़ी, 19 नोभेम्बर (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी)- ले सिलगढ़ीका सड़कहरूमा लोकतन्त्र बचाऔं, अराजकता हटाऔं नारा लिएर एक ऱ्याली आयोजना गऱ्यो। बिहीवार सङ्गठनद्वारा आयोजित उक्त ऱ्यालीलाई लिएर शहरको राजनीतिक हावा तातिएको देखियो।

यस दिन सिलगढ़ीको बाघाजातिन पार्कबाट ऱ्याली शुरूर गरियो। एबीवीपीको झण्डा र विभिन्न नाराहरूको साथमा सङ्गठनका सदस्य अनि समर्थकहरू ऱ्यालीमा सामेल भए। ऱ्याली बाघजातिन पार्कबाट शुरु भएर शहरको प्रमुख सड़क हिलकार्ट रोड हुँदै अघि बढ्यो। ऱ्यालीमा सङ्गठनका सदस्यहरूले लोकतन्त्रको संरक्षण एवं अराजकताको अन्त्य सहित विभिन्न मागहरू राखे।

लोकतान्त्रिक अधिकार एवं आम जनताको हित रक्षाको मागमा यो कार्यक्रम आयोजना गरिएको सङ्गठनको भनाइ छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande