मोरीगाउँ सड़क दुर्घटनामा दुई अबोध दिदी-बहिनीको मृत्यु, आमाको अवस्था गम्भीर
Image of the Two Deceased Minor Sisters Killed and Critically Injured Woman In Morigaon Road Accident.


मोरीगाउँ (असम), 19 नोभेम्बर (हि.स.)। असमको मोरीगाउँ जिल्लाको कपाहेरा घुमती गाउँमा बिहीवार भएको सड़क दुर्घटनामा दुई जना अबोध दिदी-बहिनीको घटनास्थलमै मृत्यु भयो भने उनीहरूकी आमा गम्भीर रूपमा घाइते भइन्। घाइते आमाको गुवाहाटीमा उपचार भइरहेको छ।

प्राप्त जानकारी अनुसार नवज्योति बोरा आफ्नो परिवारसँग निजी वाहन मार्फत हाबी-बरङ्गाबारीदेखि घर फर्किरहेका थिए। वाहनमा उनकी पत्नी र दुई छोरीहरू थिए। यसै क्रममा घुमती गाउँमा पुगेपछि चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमाए जसले गर्दा वाहनसड़क किनारको रूखमा ठोक्कियो। मृतक बालिकाहरूमा 9 वर्षीया निहा बोरा र दुई महिनाकी हर्षिता बोराकाो रूपमा पहिचान भएको छ। उनकी आमा जोन बोराको अवस्था गम्भीर रहेको बताइएको छ।

ठक्करको प्रभाव यति गम्भीर थियो कि दुवै बालिकाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा गम्भीर घाइते आमालाई उन्नत उपचारको लागि गुवाहाटी लगिएको छ। हृदयविदारक घटनाले यस क्षेत्रभरि शोक छाएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande