
खड़गपुर, 19 नोभेम्बर (हि.स)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा बिहीवार बिहान रेलको चपेटामा परी एकजना व्यक्तिको मृत्यु भयो। यो दुर्घटना बेलदा-केशियाड़ी मोड़ नजिकै अवस्थित रेलवे गेट नम्बर- 24 मा भएको हो। मृतकको पहिचान बादल सिंहको रूपमा भएको छ। उनी बेलदा पुलिस थाना अन्तर्गत बाँदपाड़ा क्षेत्रका बासिन्दा थिए।
प्राप्त जानकारी अनुसार रेलवे गेट बन्द भएपछि पनि एकजना व्यक्तिले साइकल लिएर रेलवे लाइन पार गर्ने प्रयास गरिरहेको थियो। यसैबीच त्यहाँबाट गइरहेको एक्सप्रेस ट्रेनको चपेटमा परी उक्त व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगी शवलाई कब्जामा लियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ। घटनापछि यस क्षेत्रमा शोक छाएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा