
जलपाईगुडी, 19 नोभेम्बर (हि.स.)। फूलबाड़ीको दुई नम्बर ग्राम पञ्चायत अन्तर्गत पुटिमारी संलग्न छोबाभिटा क्षेत्रमा एकजना कलेज छात्रको झुण्डिरहेको शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा शोकको लहर फैलिएको छ। मृतक युवकको पहिचान अरिन्दम राय (22)- को रूपमा भएको छ।
पारिवारिक सूत्र अनुसार राती सुतेका अरिन्दम बिहीवार बिहान अबेरसम्म पनि उठेनन्। परिवारका सदस्यहरूले उनलाई धेरै पटक बोलाए, तर भित्रबाट कुनै प्रतिक्रिया आएन। लामो समयसम्म कुनै प्रतिक्रिया नआएपछि परिवारका सदस्यहरूले अन्ततः कोठाको ढोका भत्काएर भित्र पसे जहाँ उनीहरूले अरिन्दमलाई झुण्डिरहेको अवस्थामा पाए।
उक्त घटनाकोसूचना न्यू जलपाईगुडी थाना पुलिसलाई दिइयो। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो। कलेज पढ़्दै गरएका एकजना विद्यार्थीको यस्तो मृत्युले परिवार लगायत सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा