मुनक नहर स्वच्छता  अभियानमा मुख्यमन्त्रीसितै अभिनेता ज्याकी श्रफले गरे श्रमदान
मुनक नहर स्वच्छता अभियान में  दिल्ली की मुख्यमंत्री रेखा गुप्ता के साथ अभिनेता जैकी श्रॉफ श्रमदान करते हुए


मुनक नहर स्वच्छता अभियान में मुख्यमंत्री के साथ अभिनेता जैकी श्रॉफ ने किया श्रमदान


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार शालिमार बागमा आयोजित मुनक नहर सफाई अभियानमा भाग लिएर स्वच्छता र वातावरण संरक्षणको सन्देश दिइन्। प्रसिद्ध अभिनेता ज्याकी श्रफ, अभिनेत्री ईशा गुप्ता, गायक स्टेबिन बेन, बिस्मिलले ठूलो सङ्ख्यामा दिल्लीवासीहरूसँग श्रमदान गरे।

दिल्लीमा छठ महापर्वको भव्य एवं उत्साहपूर्ण आयोजनपछि वातावरण संरक्षण, स्वच्छता एवं सार्वजनिक सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियानको आयोजना गरिएको हो। यस वर्ष दिल्लीमा अभूतपूर्व उत्साह र भक्तिका साथ छठ महापर्व मनाइएको मुख्यमन्त्रीले जानकारी दिइन्। भक्तहरूले भगवान सूर्यलाई अर्घ्य दिएर राजधानीका 100 भन्दा बढ़ी छठ घाटहरूमा पूजा गरे। यीहरूमध्ये मुनक नहरको छेउमा विकसित भएको लगभग 11 किलोमिटर लामो भव्य छठ घाट विशेष आकर्षणको केन्द्र थियो जहाँ ठूलो सङ्ख्यामा भक्तहरूले उत्सवमा भाग लिएका थिए।

मुख्यमन्त्रीको नेतृत्वमा चलाइएको यस अभियानको माध्यमबाट यो सन्देश दिइयो, कुनै पनि धार्मिक तथा सांस्कृतिक आयोजनको सफलता भव्य उत्सवमा मात्र सीमित हुँदैन जबकि सार्वजनिक स्थल तथा प्राकृतिक श्रोतको स्वच्छता कायम राख्नु पनि त्यति नै महत्त्वपूर्ण हुन्छ।

अभिनेता ज्याकी श्रफ लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले अभियानलाई विशेष पहिचान दियो भने पर्यावरण संरक्षणको सन्देशलाई व्यापक जनसमुदायसम्म फैलाउनमा पनि महत्वपूर्ण भूमिका निभायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande