
नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। छठ महापर्वपछि दिल्लीमा स्वच्छताको सन्देश फैलाउने उद्देश्यले दिल्ली सरकारले बिहीवार मुनक नहरमा स्वच्छता पर्वको आयोजना गऱ्यो। मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा आयोजित यस अभियानमा बलिउड अभिनेता ज्याकी श्रफ, अभिनेत्री ईशा गुप्ता, गायक स्टेबिन बेन, बिस्मिल लगायत ठूलो सङ्ख्यामा दिल्लीवासीहरूले भाग लिए। सबैले श्रमदान गरेर स्वच्छता अभियानमा आफ्नो सहभागिता सुनिश्चित गरे।
यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, छठ महापर्वपछि आज दिल्लीले मुनक नहरमा स्वच्छताको पर्व मनाइरहेको छ। उनले भनिन्, छठ अवधि घाटहरूमा आस्थाले सबैलाई एकजुट बनाएको थियो भने आज त्यहीँ घाटको स्वच्छताका लागि जनता एकजुट भएका छन्।
मुख्यमन्त्रीले अभियानमा बाल-बालिका एवं युवाहरूको सहभागिताको विशेष प्रशंसा गर्दै भनिन्, स-साना बाल-बालिका र युवा साथीहरूले आफ्नो उत्साहले सबैभन्दा बढ़ी मन जितेका छन्। बाल-बालिकाहरूले स्वच्छताको शपथ लिएर अनुहारमा मुस्कान सहित सड़क नाटक मार्फत स्वच्छताको सुन्दर सन्देश दिए।
उनले भनिन्, स्वच्छता एक दिनको अभियान मात्र नभई जीवनशैलीको अङ्ग बनाउनु आवश्यक छ। मुख्यमन्त्रीले स्वच्छता पर्व अभियानमा उत्साहपूर्वक भाग लिने सबै बाल-बालिका, युवा र दिल्लीवासीहरूप्रति कृतज्ञता व्यक्त गरिन्। उनले सार्वजनिक स्थल तथा धार्मिक स्थलहरूको स्वच्छता कायम राख्न निरन्तर योगदान दिने मानिसहरूसित अपील गरिन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा