आँधी-वर्षाले निमको रूख  लड़ेर, बेलदा-एगरा राज्य सड़क अवरुद्ध
तूफान से रास्ते पर गिरा पेड़


मेदिनीपुर, 19 नोभेम्बर (हि.स.)। चक्रवाती आँधी 'आकवान'- को प्रभावले बिहीवार बिहान पश्चिम मेदिनीपुर जिल्लाका विभिन्न क्षेत्रमा रोकिँदै पानी पऱ्यो। यस अवधि तीव्र हावा आएको कारणले बेलदा थाना क्षेत्रको अर्जुनीमा सड़क किनारको एउटा विशाल निमको रूख ढलेर बेलदा-एगरा राज्य सड़कमा झऱ्यो। यसले गर्दा सड़कमा केही समयको लागि यातायात अवरुद्ध भयो।

स्थानीय सूत्र अनुसार बिहीवार बिहान हल्का वर्षासंगै अचानक आएको हावाले निमको रूख सड़कमा लड़्यो। यसबाट बेलदादेखि एगरासम्म आवागमन गर्ने केही सवारी साधनहरू सड़कमै फसे। केही समयसम्म दुवैतिर वाहनहरूको आवागमन प्रभावित भयो।

घटनापछि स्थानीयहरू घटनास्थलमा पुगे अनि सड़कबाट रूखलाई काटेर सड़कबाट हटाउने काम शुरु गरे। उनीहरूको प्रयासले चाँडै रूखलाई हटाइयो, त्यसपछि सड़कमा यातायात सामान्य भयो।

स्थानीय मानिसहरूको भनाइ छ, निमको रूखको एक भाग पहिला नै क्षतिग्रस्त भइसकेको थियो। त्यसैले तीव्र हावा र वर्षाको कारणले रूख सड़कमा ढल्यो। त, घटनामा कोही घाइते भएको खबर छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande