दुलियाजन ट्रिपल हत्याकाण्डः पुलिसले काइम सीन रीक्रिएशन गरायो
दुलियाजान तिहरे हत्याकांड के संदिग्ध आरोपित केयरटेकर राजू दास की तस्वीर।


डिब्रुगढ़, असम, 19 नोभेम्बर (हि.स.)। असमको डिब्रुगढ जिल्लास्थित दुलियाजानमा भएको सनसनीपूर्ण ट्रिपल हत्याकाण्डको जाँचको सिलसिलामा बिहीवार पुलिसले घटनास्थलमा क्राइम सीन रीक्रिएशन गरायो। यस अवधि अभियुक्तहरूलाई घटनास्थलमा लगेर सम्पूर्ण घटनाक्रमलाई दोहोऱ्यायो।

पुलिस यस प्रक्रियाको माध्यमबाट हत्याको परिस्थिति, घटनालाई परिणम दिने तरिका तता घटनाक्रमलाई पुष्टि गर्नमा जुट्यो। यसबाट अनुसन्धानकर्ताहरूलाई महत्त्वपूर्ण प्रमाणहरू सङ्कलन गर्न मद्दत पुग्ने आशा छ।

उल्लेखनीय छ, अनलाइन जुवामा लाखौँ रुपियाँ गुमाएपछि यी दुई अभियुक्तहरूले गत 16 नोभेम्बरमा डकैती गर्ने भयानक षड्यन्त्र रचेका थिए। यस अवधि तीन जनाको हत्या गरिएको थियो। पुलिसले अभियुक्तको सात दिनको हिरासत मागेको थियो। उनीहरूबाट लाखौँ मूल्यका सुनका गहनाहरू पनि बरामद गरिएको थियो।

पुलिसले क्राइम सीन रिक्रिएशनको माध्यमबाट आरोपीहरूको बयान तथा अहिलेसम्म सङ्कलन गरिएका प्रमाणहरूलाई दाँजिरहको छ। घटनाको अनुसन्धान जारी छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande