
कोलकाता, 18 नोभेम्बर (हि.स.)। महानगरमा फेरि एकपटक भएको आगलागीको घटनाले ठूलो आतङ्क फैलियो। बिहीवार बिहान पाम एभिन्यूस्थित एक बस्तीमा आगो लाग्यो। आगलागीको सूचना पाउनसाथ अग्निशमन विभागको टीम तुरून्त घटनास्थलमा पुग्यो। दमकलका 15 वटा वाहनहरूको कड़ा परिश्रमपछि आगोलाई धेरै हदसम्म नियन्त्रण गरिएको छ।
आगलागीको वास्तविक कारण अझै थाहा हुन सकेको छैन। यद्यपि, प्रारम्भिक जानकारी अनुसार यस बस्तीभित्र एउटा गोदाम अवस्थित छ। बिहीवार बिहान सबैभन्दा पहिला यसै गोदाममा आगो लागेको थियो जसले वरपरको क्षेत्रलाई पनि आफ्नो चपेटमा लियो।
क्षेत्र धेरै घना र साँघुरो भएकोले आगो द्रुत गतिमा फैलियो। घटनाबाट चिन्तित स्थानीय बासिन्दाहरूले पहिला आफ्नै स्तरमा आगो निभाउने प्रयास शुरु गरे। आगोको तीव्रता यति धेरै थियो कि गोदाम वरपरका धेरै घरहरू जलेर खरानी भएको छ।
स्थानीय सूत्र अनुसार आगलागी हुँदा घटनास्थलबाट सिलिण्डर विस्फोट भए जस्तो चर्को आवाज पनि सुनियो। घटनास्थलमा पुगेका दमकल कर्मीहरूले सबैभन्दा पहिला स्थानीय मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याए जसबाट कुनै ठूलो अप्रिय घटनालाई टार्न सकियोस्।
दमकल कर्मीहरूले केही घण्टासम्म निरन्तर प्रयास गरेपछि आगो धेरै हदसम्म नियन्त्रणमा आएको छ। यद्यपि केही ठाउँमा अहिले पनि छिटपुट आगो सल्किरहेको छ जसलाई निभाउन र स्थिति सामान्य बनाउनक लागि दमकलकर्मीहरू जुटेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा