मालदाका पूर्वमन्त्री अबु नासिर खान चौधरीको निधन
मालदा के पूर्व मंत्री अबू नासिर खान चौधरी का निधन


मालदा, 19 नोभेम्बर (हिस.)। पश्चिम बङ्गालका पूर्व मन्त्री तथा मालदाको सुजापुर विधानसभा निर्वाचन क्षेत्रका पूर्व विधायक अबु नासिर खान चौधरी उपनाम लेबुबाबूको निधन भएको छ। पूर्व केन्द्रिय मन्त्री एबीए गनी खान चौधरी उपनाम बरकत साहबका भाइ अनि पूर्व सांसद अबु हासेम खान चौधरी उपनाम डालुबाबूका दाज्यु अबु नासिर खान चौधरी लामो समयदेखिकै उमेरसम्बन्धी रोगबाट पीडित थिए। बिहीवार बिहान 9ः30 बजे कोलकाताको अस्पतालमा उपचाररत् उनले अन्तिम सास लिए। मृत्यु हुँदा उनी 92 वर्ष पुगेका थिए।

बिहीवार बिहान मालदाको ऐतिहासिक कोतवाली भवनमा उनको निधनको खबर पुग्दा परिवार अनि समर्थकहरूमा शोक फैलियो। गानी खान चौधरी परिवारका सदस्य तथा मालदा दक्षिणबाट कङ्ग्रेस सांसद ईशा खान चौधरी एवं पूर्व सांसद मौसम नूर सहित परिवारका अन्य सदस्यहरू गहिरो शोकमा परेका छन्।

पारिवारिक सूत्र अनुसार अबु नासिर खान चौधरीले आफ्नो मृत्यु हुनअघि नै कोतवाली भवनमा आफ्नो चिहान तय गरिसकेका थिए।

सांसद ईशा खान चौधरीले बताइन्, उनका काका लेबुबाबूले पहिला नै आफ्नो चिहानको लागि ठाउँ देखाइसकेका थिए। उनको अन्तिम इच्छा आफ्ना आमा-बुवाको छेउमा दफनाउनु थियो। परिवारले उनको अन्तिम इच्छालाई सम्मान गर्दै कोतवाली भवनस्थित पारिवारिक श्मशानमा आमा-बुवाको नजिकै उनलाई दफनाउने निर्णय गरेको छ।

पूर्व मन्त्री तथा वरिष्ठ राजनीतिज्ञ अबु नासिर खान चौधरीको निधनले मालदाको राजनीतिक गल्लीहरूमा शोक छाएको छ। विभिन्न राजनीतिक दलका नेता अनि कार्यकर्ताहरूले उनको निधनमा शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande