लखिमपुरको बोगीनदी बालिचरमा पुनः निष्कासन अभियान शुरु, 132 परिवार प्रभावित
असम के लुटुमारी आरक्षित वन में फिर शुरू हुए बेदखली अभियान की तस्वीर।


लखिमपुर (असम), 19 नोभेम्बर (हि.स.)। असमको लखिमपुर जिल्ला अधिनस्थ बोगीनदीको बालिचर क्षेत्रमा प्रशासनले पुनः बेदखली अभियान शुरु गरेको छ।

प्राप्त जानकारी अनुसार यसअघि सोही ठाउँमा बेदखली अभियान चलाइएको थियो, तर त्यहाँबाट हटाइएपछि 132 परिवारले फेरि आफ्नो घर बनाएर त्यहाँ बस्न थालेका थिए। सूचना पाएपछि प्रशासनले आज उक्त स्थानमा निष्कासन अभियान पुनः शुरु गरेको हो।

प्रशासनको यस कारबाहीमा पुनर्निर्माण गरिएका घरहरूलाई हटाउने प्रक्रिया शुरु गरियो। अभियानबाट प्रभावित परिवारहरूको बारेमा विस्तृत जानकारीको प्रतिक्षा छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande