
गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। विश्व शौचालय दिवसको अवसरमा गुवाहाटी नगरनिगम (जीएमसी)- ले शहरमा सार्वजनिक स्वच्छता सुविधाहरूलाई विस्तार गर्ने दिशामा महत्त्वपूर्ण पहल गरेको छ। जीएमसीको '100 दिन, 100 पहल' अभियान अन्तर्गत महेन्द्र मोहन चौधरी अस्पताल (एमएमसीएच) नजिकै नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गरियो।
यस अवसरमा गुवाहाटीका विधायक विजय गुप्ता एवं जीएमसीका मेयर मृगेन शरणियाले संयुक्त रूपमा शौचालयको उद्घाटन गरे। यसको साथै पान बजारमा अर्को सार्वजनिक शौचालय निर्माण गर्नको लागि पनि शिलान्यास गरियो।
यस पहलको उद्देश्य शहरमा सार्वजनिक सर-सफाइ प्रणालीलाई सुदृढ़ पार्नु अनि सर्वसाधारण नागरिक, बिरामीका आफन्त तथा आगन्तुकहरूलाई राम्रो सुविधा प्रदान गर्नु हो।
जीएमसीको '100 दिन, 100 पहल' अभियान शहरमा नागरिक सुविधाहरूको विकास एवं पूर्वाधारको ढाँचालाई सुधार गर्ने उद्देश्यले सञ्चालन गरिँदैछ। यस अन्तर्गत विभिन्न क्षेत्रमा सार्वजनिक सुविधा सम्बन्धी विकास कार्य भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा