आईआईएसएसएमको 36औं वार्षिक कन्क्लेभ 23 नोभेम्बरदेखि
आईआईएसएसएम का 36वां वार्षिक कॉन्क्लेव


- एआई-आधारित सुरक्षा एवं आपपदा प्रबन्धनमाथि आईआईएसएसएमको वार्षिक कन्क्लेभ

नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। इन्टरनेशनल इंस्टीट्यूट अफ सिक्योरिटी एण्ड सेफ्टी म्यानेजमेन्ट (आईआईएसएसएम)-को 36औँ वार्षिक कन्क्लेभ आगामी 23 र 24 नोभेम्बरमा होटल अशोक, नयाँ दिल्लीमा आयोजना गरिनेछ। यसमा देश-विदेशका प्रख्यात विज्ञहरूले सुरक्षा, संरक्षण एवं आपदा प्रबन्धनसँग सम्बन्धित विभिन्न विषयहरूमा आ-आफ्नो विचार साझा गर्नेछन्।

आईआईएसएसएमका प्रमुख कार्यकारी अधिकारी तथा आपदा व्यवस्थापन विशेषज्ञ प्रोफेसर सन्तोष कुमारले बताए, यस वर्ष कन्क्लेभको थीम एआई-आधारित एकीकृत सुरक्षाएवंर आपदा लचिलोपन राखिएको छ।यस अन्तर्गत हाम्रो प्रयास समुदायको सुरक्षा साथै व्यापारिक सम्पत्तिको रक्षा गर्नु हो।

उनले बताए, वक्ताहरूमा एनडीआरएफका महानिर्देशक पियुष आनन्द, विश्व ब्याङ्कका वरिष्ठ आपदा जोखिम व्यवस्थापन विशेषज्ञ अनुप कारन्थ, उत्तर प्रदेशका पूर्व पुलिस महानिर्देशक विक्रम सिंह र एसआईएसका सीईओ ओ. पी. सिंह, प्रख्यात सड़क सुरक्षा विशेषज्ञ तथा सड़क एवं ट्राफिक शिक्षा संस्थानका संस्थापक अध्यक्ष धीरज सिंह, डा. रोहित बालुजा, आईआईएसएसएम फाउण्डेशनका अध्यक्ष उदय सिंह, भारत सरकारका पूर्व मुख्य श्रम आयुक्त डा. ओङ्कर शर्मा, आईएएस, एचओडी, एनडीएमए, कृष्ण एस वत्स, डिजास्टर रेसिलिएन्ट इन्फ्रास्ट्रक्चर (सीडीआरआई)- की निर्दशक रञ्जनी मुखर्जी एवं बेलायतका विशेषज्ञ राज लाखा सामेल हुनेछन्। दुई दिवसीय यस सम्मेलनमा सुरक्षा, संरक्षा एवं आपदा व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा गम्भीर छलफल हुनेछ।

_

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande