काजीरङ्गा सड़क दुर्घटनापछि राज्यव्यापी अभियान, ट्राफिक नियमहरूको उल्लङ्घन गर्नेहरूविरुद्ध कारबाही तीव्र
Image of the Kaziranga Accident.


गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। असमको काजीरङ्गामा भएको भयानक सड़क दुर्घटनामा 26 जनाको मृत्यु र 15 जना घाइते भएपछि यातायात विभाग तथा पुलिसले सड़क सुरक्षामा सतर्कता बढ़ाएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन र चालकहरूविरुद्ध राज्यभरि नै विशेष अभियान सञ्चालन गरिँदैछ।

यस अभियान अन्तर्गत विभिन्न स्थानमा सवारी साधनहरूको जाँच भइरहेको छ। वैध ड्राइभिङ लाइसेन्सबिना वाहन चलाउने र हेलमेटबिना दुई चक्के वाहन चलाउनेहरूविरुद्ध कारबाही भइरहेको छ। नियम उल्लङ्घन गर्नेहरूलाई जरीमाना लगाइँदैछ।

यातायात विभाग र पुलिसको संयुक्त कारबाहीको उद्देश्य सड़क दुर्घटनालाई रोक्नु, ट्राफिक नियमको पालना सुनिश्चित गर्नु तथा चालकहरूमा सड़क सुरक्षा सम्बन्धी चेतना जगाउनु हो।

काजीरङ्गा दुर्घटनापछि शुरु गरिएको यो पहललाई राज्यमा सड़क सुरक्षा सुदृढीकरण गर्ने दिशामा महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande