जग्गा कब्जा मामिलाः टीएमसी विधायक शमिम अहमदको घरमा सीआईडी र पुलिसको संयुक्त छापामारी
तृणमूल विधायक के घर छापेमारी


कोलकाता, 19 नोभेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेसका विधायक शमिम अहमदको घरमा अपराध जाँच विभाग (सीआईडी) र पुलिसले संयुक्त रूपमा छापामारी गरेको छ। गए बुधवार राती अधिकारीहरू डायमण्ड हार्बरको हिङ्चेबेड़िया क्षेत्रमा रहेको मोगराहट पश्चिमका विधायक शमिमको निवास बाहिर पुगे। अधिकारीहरूले लामो समयसम्म घरको ढोका ढक्ञकाए, बोलाए, तर विधायकको पत्तो लागेन।

जानकारी अनुसार तृणमूलको शासनकालमा डायमण्ड हार्बरमा जग्गा हड़पेको मुद्दामा विधायकको नाम सामु आएको थियो। गत वर्षको अगस्तमा बन्दुक देखाएर तथा धम्क्याएर उक्त सम्पत्तिको स्वामित्व परिवर्तन गरिएको आरोप लगाइएको छ। यस मामिलामा आरोपीहरूको सूचीमा दोस्रो नाम विधायक शमिम अहमदको रहेको छ। जग्गा हड़पेको ममिलाको जाँच गर्ने जिम्मेवारी हाल सीआईडीलाई दिइएको छ।

डायमण्ड हार्बरकी एकजना महिलाले सिकायत दर्ता गराएकी थिइन्, आफ्नो परिवारको लगभग एकड़ जमीन धम्की दिएर कब्जा गरिएको छ। गत वर्ष पनि शमिम र उनका समर्थकहरू महिलाको घरमा गएर धम्की दिएको आरोप लगाइएको छ। अभियुक्तको राजनीतिक प्रभावको कारणले स्थानीय पुलिसले त्यसबेला कुनै कारबाही नगरेको र यही डरका कारण यति दिनसम्म केही बोल्ने साहस गर्न नसकेको महिलाको दाबी छ।

यसै सिलसिलामा गए बुधवार अबेर राती डायमण्ड हार्बर पुलिस जिल्लाका अधिकारीहरू सहित सईआईडीको टोली विधायकको घर बाहिर पुगेका थिए। यद्यपि पुलिसले आधिकारिक रूपमा यो बताएको छैन कि कुन मामिलामा संयुक्त अपरेशन गरिएको हो। तर अनुमान लगाइँदैछ कि डायमण्ड हार्बरको जग्गा कब्जा मुद्दाको अनुसन्धानको सम्बन्धमा सीआईडीले यो कदम चालेको हुनसक्छ।

स्मरणीय छ, हालै पुलिसले डायमण्ड हार्बरको सरिशास्थित तृणमूल पार्टीको कार्यालयमा छापामारी गरी एक करोड़ दुई लाख 89 हजार रुपियाँ नगद बरामद गरेको थियो। यस बरामदको घटनामा मोगराहट पश्चिमका तृणमूल विधायकको नाम पनि मुछिएको थियो। तर शमिमले शुरूबाटै दाबी गर्दै आइरहेका छन्, नगद बराबदको घटनासित उनको कुनै लिनु-दिनु छैन। उनले यस विषयमा सीबीआई जाँचको माग गर्दै कलकत्ता उच्च अदालतमा पनि पुनरावेदन गरेका छन्। यसैबीच गत वर्षको जग्गा हड़पेको मामिलामा सीआईडी र पुलिसको यो छापामारीले क्षेत्रमा खैलाबैला मच्चाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande