एएनटीएफको अन्तर्राज्यीय कारबाही, 94 लाखको गाँजा सहित नौ जना पक्राउ
एंटी नारकोटिक्स टास्क फोर्स (एएनटीएफ)


कोलकाता, 19 नोभेम्बर (हि.स.)। नशा मुक्त भारत अभियान अन्तर्गत पश्चिम बङ्गालको एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटीएफ)- ले अन्तर्राज्यीय मादक पदार्थ तस्करी गिरोहविरुद्ध ठूलो कारबाही गरेको छ। एएनटीएफका टीमहरूले 14 देखि 19 नोभेम्बरसम्म पश्चिम बङ्गाल र ओडिशाका विभिन्न जिल्लाहरूमा छापामारी अभियान सञ्चालन गरे।

यस बृहत् कारबाहीमा मोठ नौ जना मानिसहरूलाई पक्राउ गरिएको छ भने 12 जना अभियुक्तहरूविरुद्ध एफआईआर दर्ता गरिएको छ। छापामारीमा 187 किलोग्राम गाँजा बरामद गरिएको छ जसको अवैध बजारमा अनुमानित मूल्य 94 लाख रुपियाँ रहेको छ। यस सम्बन्धमा तीन वटा भिन्न मामिलाहरू दर्ता गरिएको छ।

पश्चिम बङ्गाल पुलिसद्वारा बिहीवार बताइएको छ, यस लागूऔषध तस्करी सिण्डिकेटसँग सम्बन्धित श्रोत, गन्तव्य र अन्य सदस्यहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।

एसटीएफ पश्चिम बङ्गालले स्पष्ट पारेको छ, नशा मुक्त भारत अभियान अन्तर्गत अन्तर्राज्यीय लागूऔषध तस्करीविरुद्ध अभियान निरन्तर जारी रहनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande