
कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा पूर्व मन्त्रीद्वय इन्द्रनील सेन तथा ब्रात्य बसु सहित केही सरकारी अधिकारीहरूविरूद्ध बिधाननगर पुलिस आयुक्तालय अन्तर्गत बागुइहाटी थानामा जीरो एफआईआर दर्ता गरिएको छ। सूत्र अनुसार यिनीहरूमाथि बलात्कार, बलात्कारको प्रयास, यौन उत्पीडन, फिरौती, भ्रष्टाचार र आपराधिक षड्यन्त्र जस्ता थुप्रै गम्भीर अभियोगहरू लगाइएको छ। मामिलाको सत्यताको जाँच गर्नको लगि पुलिसले यो कदम उठाएको हो।
जानकारी अनुसार पीड़ितहरूद्वारा पूर्वमा पुलिस समक्ष उठाइएका आरोपहरूको निष्पक्ष जाँच गर्ने माग गर्दै सामाजिक कार्यकर्ता राजीव सरकारले गत 17 नोभेम्बरमा बागुइहाटी थानाका प्रभारी अधिकारी (आईसी)- लाई लिखित उजुरी दिएका थिए। यस उजुरीमा दुवै पूर्व मन्त्री बाहेक केही सरकारी अधिकारीहरूको नाम पनि सामेल छन्। बागुइहाटी थानाद्वारा बताइएको छ, जीरो एफआईआर दर्ता गरेपछि सिकायतलाई अग्रिम कानुनी कारबाहीको लागि सम्बन्धित पुलिस थानामा पठाइएको छ।
स्मरण गराइन्छ, पूर्व मन्त्री इन्द्रनील सेनलाई गत अक्टोबर महिनामा पक्राउ गरिएको थियो। उनीमाथि यूनेस्कोको नाम दुरुपयोग गरी दुर्गा पूजाको पास बचेर करोडौं रुपियाँको भ्रष्टाचार गरेको आरोप छ। यसअघि प्रवर्तन निदेशालय (ईडी)- ले पनि उनलाई धेरै पटक सोधपुछ गरिसकेको थियो साथै उनको धेरै वटा परिसरहरूमा छापामारी गरिसकेको थियो। ताजा मामिलालाई लिएर पूर्व मन्त्री ब्रत्य बसुसित सम्पर्क गर्दा उनले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे।
अर्कातिर यस घटनाक्रममाथि प्रतिक्रिया दिँदै प्रदेश भाजपाका प्रवक्ता देबजित सरकारले भने, पीडितहरू अहिले बाहिर आएर आफ्नो कुरा राखिरहेका छन्। उनले सम्पूर्ण मामिलाको निष्पक्ष अनुसन्धान गरिने र कुनै राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारे। अनुसन्धानमा आरोप प्रमाणित भएमा दोषीविरुद्ध कड़ा कारबाही हुने र उनीहरूलाई सजाय भोग्नुपर्ने उनले बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा