पश्चिम बङ्गालमा बादल लाग्नको साथै  वर्षा हुने सम्भावना
साफ आसमान के बीच खिली धूप और बदलता मौसम।


कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा बिहीवार मौसमको स्वरूप परिवर्तनशील रहने सम्भावना छ। राज्यका विभिन्न भागहरूमा आकाशमा बादल रहनेछ। केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र गर्जनसितै वर्षा हुने अनुमान गरिएको छ।

मौसमको पूर्वानुमान अनुसार बिहीवार राज्यमा अधिकतम तापक्रम 24 डिग्री सेल्सियस र न्यूनतम 22 डिग्री सेल्सियसको वरपर रहने सम्भावना छ। बिहान बादलले ढाकेपछि दिउँसो र साँझमा वर्षा अनि मेग गर्जनसितै वर्षा हुने अनुमान गरिएको छ। हावामा आद्रताको स्तर 80 देखि 96 प्रतिशतसम्म रहनसक्छ। यस अवधि उत्तर-पूर्वी दिशाबाट करिब 10 किलोमीटर प्रतिघण्टाको गतिमा हावा चल्नसक्छ।

बिहान मौसम सम्बन्धी तथ्याङ्क अनुसार कोलकाताको अलिपुरमा 23.6 डिग्री सेल्सियस तापक्रम रेकर्ड गरियो। मालदा 20.4, बाँकुड़ामा 20.6, डायमण्ड हार्बरमा 22.4 र जलपाईगुडी 22.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। मौसममा आएको यो परिवर्तनको कारणले राज्यका विभिन्न भागहरूमा बादल र वर्षा हु सक्छ। उच्च आद्रताले वातावरणमा नमी महसूस गराउन सक्छ। मानिसहरूलाई मौसमको अवस्था अनुसार यात्रा र दैनिक गतिविधिहरूको योजना बनाउने सल्लाह दिइएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande