
पश्चिम मेदिनीपुर, 19 नोभेम्बर (हि.स.)। जिल्लाले पशुपालन र पशुधन विकासको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। मासु उत्पादनसँगै हाँस र कुखुराका चल्लाहरूको उत्पादनमा पनि यो जिल्ला सम्पूर्ण राज्यमा पहिलो स्थानमा रहेको छ। साथै दुध उत्पादन एवं कृत्रिम गर्भाधानको सन्दर्भमा यो जिल्ला राज्यमा तेस्रो स्थानमा रहेको छ।
यस उपलब्धिको लागि यस वर्षको राष्ट्रिय पशुधन सप्ताह समारोहमा जिल्लालाई सम्मान गरियो। यसबाट पशुधन विकास विभागका अधिकारीगण तथा कर्मचारीसँगसँगै पशुपालकहरूलाई हर्षित भएका छन्।
प्रशासनिक सूत्र अनुसार यस वर्ष पश्चिम मेदिनीपुर जिल्लामा मोठ 1 लाख 80 हजार मेट्रिक टन मासु उत्पादन भएको छ। गत वर्ष यो आँकडा 1.6 लाख मेट्रिक टन थियो। यसरी उत्पादनमा एक वर्षभित्रमा 20 हजार मेट्रिक टन वृद्धि रेकर्ड गरिएको छ। जिल्लाको गड़बेत्ता-2 खण्डले पनि मासु उत्पादनमा पहिलो स्थान हासिल गरेको छ। वित्तीय वर्ष 2025-26 मा यस खण्डले 14 हजार मेट्रिक टन मासु उत्पादन गऱ्यो।
त्यसैगरी मेदिनीपुर शहरको राज्य पोल्ट्री फार्मले हाँस र कुखुराका चिङ्गनाहरूको उत्पादनमा राज्यमा पहिलो स्थान हासिल गरेको छ। गत वर्ष यहाँ 4 लाख 29 हजार 546 वटा कुखुराको चिङ्गना उत्पादन भएको थियो जुन यस वर्ष बढ़ेर 4 लाख 59 हजार 546 पुगेको छ। यसरी नै हाँस उत्पादन पनि गत वर्षको 226,000 बाट बढ़ेर यस वर्ष 2 लाख 50 हजार पुगेको छ।
दुध उत्पादनको मामिलामा पनि जिल्लाले राम्रो प्रगति गरेको छ। यस वर्ष पश्चिम मेदिनीपुरमा कुल 686,425,687 किलोग्राम दुध उत्पादन भयो। गत वर्ष यो आँकड़ा लगभग 65 करोड 50 लाख किलोग्राम थियो। जिल्लाको डेबरा खण्डले दुग्ध उत्पादनमा पहिलो स्थान हासिल गरेको छ। यसले वार्षिक 4 करोड 25 लाख किलो दुध उत्पादन गर्छ। यसबाहेक जिल्लामा 3 लाख 7 हजार 5 सय 56 वटा कृत्रिम गर्भाधान पनि गराइयो।
अधिकारीहरू अनुसार जनावरहरूको नियमित खोप, मोबाइल पशु चिकित्सा एकाईहरूको माध्यमबाट उपचार, पशुखाद्य वितरण एवं पशुपालन सम्बन्धी जागरूकता अभियानहरूले वैज्ञानिक रूपमा यस सफलताको पछाडि महत्वपूर्ण भूमिका खेलेका छन्। खोपमा पारदर्शिता कायम गर्न पशुपालकको मोबाइल फोनमा ओटिपीको व्यवस्था पनि गरिएको थियो। साथै, मोबाइल चिकित्सा सेवाको समयमा स्थान जानकारी सहित फोटोहरू अधिकारीहरूलाई पठाउन अनिवार्य गरिएको थियो।
यस वर्षदेखि पशुधन बीमा योजना पनि लागू गरिएको छ। यसान्तर्गत बीमाका लागि 900 रुपियाँ खर्च हुन्छ जसमा पशुपालकले 144 रुपियाँ मात्रै तिर्नुपर्ने हुन्छ। बाँकी रकम सरकारले वहन गर्छ। दुर्घटनामा जनावरको मृत्यु भएमा गाईवस्तु मालिकले 30 हजार रुपियाँ क्षतिपूर्ति पाउँछ।
पश्चिम मेदिनीपुर जिल्ला पशुधन विकास विभागका उपनिर्दशक चिन्मय चक्रवर्तीले बताए, नियमित खोप र समयमै उपचारको कारणले जनावरको मृत्युदर घटेको छ। यसले उत्पादनमा वृद्धि गराएको छ। पशुधन बीमा योजना लागू भएपछि पशुपालकहरूको विश्वास बढ्ने र आगामी दिनमा जिल्लाको प्रदर्शन अझ राम्रो हुने उनले आशा व्यक्त गरे।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा