
कोलकाता, 02 नोभेम्बर (हि.स.)। कोलकाता महानगरमा महाकरण (राइटर्स बिल्डिङ) पछाड़ितिर अवस्थित लायन्स रेञ्ज क्षेत्रमा गए आइतवार अबेर राती बहुतले भवनमा भीषण आगलागी भयो।
सूत्र अनुसार पाँच तले व्यापारिक भवनको चौथो तलामा आगलागी भएको थियो। घटनाको खबर पाउनसाथ अग्निशमन विभाग सक्रिय भयो। आगो निभाउनको लागि 10 वटा दमकल वाहनहरूलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। दमकलकर्मीहरूको घण्टौको कड़ा परिश्रमले आगोलाई नियन्त्रण गऱ्यो। यद्यपि सोमवार बिहान पनि घटनास्थलबाट धुवाँ उड़िरहेको देखियो।
प्राप्त जानकारी अनुसार आगलागी भएको भवन पूर्ण रूपमा व्यावसायिक भवन हो जहाँ केही कम्पनीहरूका कार्यालयहरू अवस्थित छन्। त्यसैले आगलागीको चपेटमा परी कार्यालयमा राखिएका सामान एवं सम्पत्तिहरूमा ठूलो क्षति पुगेको सम्भावना व्यक्त गरिँदैछ। आगलागी किन भयो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन। अग्निशमन विभागका अधिकारीहरूले भने, अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ र आगलागीको वास्तविक कारण पत्तो लगाउन विस्तृत अनुसन्धान भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा