पश्चिम बङ्गालमा गर्मीको प्रभाव यथावत, केही जिल्लाहरूमा वर्षा हुने सम्भावना
आज का मौसम


कोलकाता, 02 नोभेम्बर (हि.स.)। नोभेम्बर महिना शुरु भए पनि पश्चिम बङ्गालमा चिसोको प्रभाव अझै देखिन सकेको छैन। राज्यका अधिकांश जिल्लाहरूमा तापक्रम सामान्यभन्दा माथि रहेको छ। अलिपुर मौसम विभागको पूर्वानुमान अनुसार सोमवार उत्तर बङ्गालदेखि दक्षिण बङ्गालसम्मका धेरै वटा जिल्लाहरूमा आकाश आंशिक बादलले ढाक्नको साथै कतिपय ठाउँहरूमा हल्का वर्षा वा गर्जन सहित वर्षा हुने सम्भावना रहेको छ।

दक्षिण बङ्गालको कोलकाता, हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व र पश्चिम बर्दवान, बीरभूम, मुर्शिदाबाद तथा नादिया जिल्लाहरूमा केही ठाउँमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुर एवं मालदा जिल्लाहरूमा पनि केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।

सोमवार कोलकातामा अधिकतम तापक्रम 31 डिग्री अनि न्यूनतम 25 डिग्री सेल्सियस वरपर रहने अनुमान गरिएको छ। हावामा उच्च आद्रताको कारणले दिउँसो आद्रतापूर्ण गर्मी महसूस गर्न सकिन्छ।

अलिपुर मौसम विभागको पूर्वानुमान अनुसार हाल राज्यमा चिसो बढ़्नको लागि अनुकूल स्थिति उत्पन्न भएको छैन। नोभेम्बरको पहिलो हप्तामा पनि मानिसहरूले चिसो पर्खनु पर्ने स्थिति हुनसक्छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande