
कोलकाता, 20 नोभेम्बर (हि.स.)। चक्रवात 'आकवान'- को प्रभावले दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा निरन्तर वर्षा भइरहेको छ। आज चक्रवातले उत्तरी आन्ध्र प्रदेश र संलग्न दक्षिणी ओडिशाको तटीय क्षेत्रहरूमा कदम राख्ने सम्भावना छ। यद्यपि यसको ल्याण्डफल अन्य राज्यहरूको तटीय क्षेत्रमा हुनेछ। तर यसबाट पश्चिम बङ्गालको दक्षिणी जिल्लाहरूको मौसम प्रभावित भएको छ। मौसम विभागले दक्षिण बङ्गालका सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा तथा कतिपय ठाउँहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यता तटीय र छेउछाउका जिल्लाहरूमा एक वा दुई ठाउँमा अत्यधिक भारी वर्षा हुने चेताउनी जारी गरिएको छ।
सम्भावित प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै राज्यका तटीय क्षेत्रहरूमा प्रशासनिक सतर्कता बढ़ाइएको छ। दक्षिण 24 परगनाको गङ्गासागरमा प्रशासनले शुक्रवार बिहानदेखि मानिसहरूलाई लगातार माइकिङ्ग गरेर सचेत गराइरहेको छ। कपिल मुनि आश्रम अगाड़िको समुद्र तटमा ब्लक प्रशासनको तर्फबाट नागरिक सुरक्षा कर्मीहरूले निरन्तर गस्ती गरिरहेका छन्। माइकिङ्ग गरेर भक्त तथा पर्यटकलाई तुरुन्तै समुद्रबाट बाहिर निस्केर सुरक्षित स्थानमा जाने अपील गरिएको छ। समुद्रमा जान र तट नजिक अनावश्यक रूपमा बस्नदेखि बच्ने सल्लाह प्रशासनले दिरहेको छ।
मौसम विभाग अनुसार आजपछि चक्रवातको प्रभाव बिस्तारै कम हुने सम्भावना छ। तथापि वर्षाबाट पूर्ण रूपमा राहत पाउने सम्भावना भने हाल छैन। नोभेम्बर 21 देखि 23 सम्म राज्यका विभिन्न भागहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहन सक्छ। नोभेम्बर 24 देखि मौसममा सुधार आउने अनुमान गरिएको छ। त्यसपछि स्थिति बिस्तारै सामान्य हुने अपेक्षा गरिएको छ। हाल गङ्गासागर र अन्य तटीय क्षेत्रहरूमा भक्त तथा पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्नु प्रशासनको प्राथमिकता रहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा