प्राकृतिक चिकित्सा दिवसमा खरसाङमा पहिलोपटक निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना हुने
प्राकृतिक चिकित्सा दिवसमा खरसाङमा पहिलोपटक निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना हुने


खरसाङ, २० नोभेम्बर (हि.स.)। नवौँ प्राकृतिक चिकित्सा दिवसको अवसरमा आगामी २२ नोभेम्बर, आइतबार खरसाङमा पहिलोपटक निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिने भएको छ।

सञ्जीवनी नेचुरोप्याथी एन्ड आयुर्वेद केन्द्र र खरसाङ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) शाखाको संयुक्त आयोजनामा हुने उक्त शिविर खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न हुनेछ।

यससम्बन्धमा आज प्रेस क्लब अफ खरसाङमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले जानकारी गराएको हो। पत्रकारहरूसँग कुराकानी गर्दै महेश छेत्री, डा. प्रशान्तजीत दास र रमेश प्रसादले शिविरको उद्देश्य तथा तयारीबारे विस्तृत जानकारी दिए।

डा. प्रशान्तजीत दासका अनुसार, प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजना हुन लागेको शिविरमा प्राकृतिक चिकित्सा र आयुर्वेदिक उपचार पद्धतिबारे जानकारी प्रदान गरिनेछ। शिविरमा आयुर्वेदिक चिकित्सक डा. विभा मिश्र, डा. अजयकुमार तिर्कीसहित दुईजना दन्त चिकित्सक तथा एकजना पशु चिकित्सक पनि उपस्थित रहनेछन्। यसका साथै रक्त परीक्षणको व्यवस्था पनि गरिने जानकारी उनले दिए।कार्यक्रममा मुख्य अतिथिका रूपमा रानीडाँगा एसएसबीका डीआईजी एके सिंहको उपस्थिति रहनेछ। खरसाङका महकुमा शासक, विधायकलगायत अन्य विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुने आयोजक पक्षले जनाएको छ।आयोजक समितिले खरसाङ तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य जाँच सेवाको लाभ उठाउन अपील गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande