


डीआरएम देवेन्द्र सिंहले विकास कार्य एवं यात्रु सुविधाहरूको जायजा लिए
कोकराझार (असम), 20 नोभेम्बर (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-को अलिपुरद्वार मण्डलका मण्डलरेल प्रबन्धक (डीआरएम) देवेन्द्र सिंहले आज अलिपुरद्वार जङ्क्शनदेखि बिन्नागुरी रेलवे स्टेशनसम्म विस्तृत निरीक्षण गरे। निरीक्षणको क्रममा डिभीजनका वरिष्ठ रेलवे अधिकारीहरू पनि उनको साथमा उपस्थित थिए।
निरीक्षण अवधि विभिन्न रेलवे स्टेशनहरूमा परिचालन व्यवस्था, यात्रु सुविधा एवं पूर्वाधारको संरचनाहरूको अवस्थाको विस्तृत समीक्षा गरियो। हासिमारा र बिन्नागुड़ी रेलवे स्टेशनहरूमा अमृत भारत स्टेशन योजना अन्तर्गत जारी विकास कार्यहरूको समीक्षा गरे। यस अवधि नयाँ स्टेषन मास्टर रुम, प्यानल रुम तथा यात्रु सुविधा सम्बन्धी निर्माण एवं विकास कार्यको निरीक्षण गरी आवश्यक जानकारी लिइयो।
स्टेशन निरीक्षण गर्नअघि अलिपुरद्वार जङ्क्शनदेखि बिन्नागुड़ीसम्म विण्डो ट्रेलिङ्ग निरीक्षण पनि गरियो। ट्रयाक, पुल, ओभरहेड विद्युतीय उपकरण, हात्ती कोरिडोर औ अन्य रेलवे सम्पत्तिहरूको अवस्थालाई नजिकबाट निगरानी गर्ने कार्य पनि यस अवधि गरियो।
निरीक्षणको मुख्य उद्देश्य सम्बन्धित खण्डमा सुरक्षित, सहज एवं भरपर्दो रेल सेवाहरू सुनिश्चित गर्न रेलवे सञ्चालनको दक्षता, रेलवे सम्पत्तिहरूको मर्मतसम्भार, सुरक्षा व्यवस्था र यात्रु सुविधाहरूको समीक्षा गर्नु थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा