असमको रहामा द्रुत गतिको ट्राभलरले दुई चक्के वाहनलाई ठक्कर दियो, चालकको मृत्यु
Representation Picture: Traveler


गुवाहाटी, 20 नोभेम्बर (हि.स)। असममा सड़क दुर्घटनाहरूको सिलसिलाले रोकिने नाम लिएको छैन। नगाउँ जिल्लाको रहामा द्रुत गतिको ट्राभलरको ठक्करले दुई चक्के वाहन चालकको घटनास्थलमै मृत्यु भयो।

पुलिसले शुक्रवार बतायो, यो दुर्घटना रहाको खाइगढ़ क्षेत्रमा भएको हो। मृतकको बामुनबारी निवासी बुद्ध देबनाथको रूपमा पहिचान भएको छ। उनी नगाउँबाट रहातर्फ गइरहेका थिए, यसै अवधि विपरीत दिशाबाट आइरहेको द्रुत गतिको ट्राभलरले उनको दुई चक्के वाहनलाई ठक्कर दियो।

ठक्कर यति भीषण थियो कि देबनाथको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि ट्राभलर चालकले घटनास्थलबाट भाग्ने प्रयास गरिरहेको थियो, तर पुलिसले वाहनलाई रोकेर जफत गऱ्यो।

उल्लेखनीय छ, भर्खरै काजीरङ्गा नजिकै रङ्गाजनमा द्रुत गतिको ट्राभलर र कन्टेनर आपस्तमा ठोक्किएर 26 जनाको मृत्यु भएको भयानक घटनापछि फेरि अर्को सड़क दुर्घटनाले राज्यमा सड़क सुरक्षा अनि द्रुत गतिका सवारी साधनहरूलाई लिएर चिन्ता बढाएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande